नागरिकको समृद्धिको सपना पूरा गर्न स्थानीय तहको  दृढसंकल्प आबश्यक छ : अध्यक्ष ओलि 

नागरिकको समृद्धिको सपना पूरा गर्न स्थानीय तहको  दृढसंकल्प आबश्यक छ : अध्यक्ष ओलि 

राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकहरूको आवश्यकता र माग बमोजिम विकास र नीति निर्माण,बजेट तथा कार्यक्रमहरूको व्यवस्था  गर्नुपर्ने बताउनुभएको छ।
आइतबार नौबहिनी गाउँपालिका बहानेको नव निर्मित भवनको समुद्घघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले नागरिकको समृद्धिको सपना साँच्चिकै पूरा गर्न एउटा दृढसंकल्पका साथै स्थानीय स्रोत साधनको पहिचान र समुचित प्रयोग गरी दिगो विकास अहिलेको अपरिहार्यता भएको बताउनुभएको छ।
यसका लागि स्थानीय सरकारले नीति निर्माण र विकासमा नागरिकको सहभागितालाई मुख्य केन्द्रमा राख्नु पर्दछ।
त्यसको यथार्थ र मर्मलाई साकार पार्ने अहम् जिम्मेवारी अहिले स्थानीय सरकारलाई आइपरेको छ । जसका लागि स्थानीय सरकारलाई बलियो बनाउनु नै नीति र विकास निर्माणमा जोड दिनु हो।,युवाहरूको ज्ञान, सीप र पूँजीलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी उनीहरूलाई व्यवसायिक गराउन स्थानीय सरकारले नै दिगो र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ अध्यक्ष ओलिले भन्नुभयो -"अहिलेको पिंढीलाई आफ्नो जीवनमा समृद्धि सहितको समानता  आबश्यक छ।"
कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने उहाँको भनाई छ ।
उदघाटन समारोहमा प्रतिनिधीसभा सदस्य सूर्य थापा,लुम्बिनी प्रदेशका पुर्ब कृषि मन्त्री तथा लुम्बिनी प्रदेस नम्बर १ का सदस्य तुल्सिराम शर्मा,लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीसहित सहभागी हुनुहुन्थ्यो । 
६ करोड १३ लाख ६० हजार ७ सय ३६ रुपियाँ ९ पैसा लागतमा बनेको तीन तले भवनमा सभाहलसहित ५२ कोठा छन् । सो भवनमा संघीय सरकार र गाउँपालिकाको ६०–४० प्रतिशत लागत छ । 
नौवहीनि पालिका अध्यक्ष दिलबहादुर थापाले प्रशासनिक सेवाका लागि अब भवनको अभाव नरहेको बताउनुभयो । भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको पालिकाले अबदेखि आफ्नो नियमित कामहरु आफ्नै भवनबाट सञ्चालन गर्ने उहाँले बताउनुभयो ।