प्युठान,जनता नेरा प्रा.बि छेपानेका शिक्षिक बिकास के सि को हातमा अहिले चक र डस्टर हैन चुनाव प्रचार सामाग्री छन्। शिक्षण पेशालाई चटक्कै छाडेर राजनीतिमा लागेका के सि उम्मेदवार बनेपछि चुनाव प्रचारमा निस्कनु उनको दैनिकी बनेको छ ।
नेपाली काँग्रेसले के सि लाई प्युठान नगरपालिका वडा ९ को वडा अध्यक्षमा उमेदवार हुने आश्वासन दिई शिक्षण पेशा बाट राजिनामा दिएका उनी भागबण्डा मिलाउदा गठबन्धनको उमेदवार बन्न सक्ने आधार नभएकाले उनी माओबादी केन्द्रको निर्वाचन चिन्ह लिएर स्वतन्त्र उमेदवार दर्ता गराएका हुन।
प्युठान नगरपालिका १० मरन्ठाना स्थित जनता नेरा प्रा बिद्यालयमा प्रधानाध्यापक समेत रहेका बिकास के सि वर्षौदेखिको दैनिकी वदल्दै मतदाताको घर/घर पुगिरहेका छन् ।
शिक्षकले राजनीति गर्छन् भन्ने आरोप लगाउनेहरुलाई उनको उम्मेदवारीले बल पुगेको छ । तर बिकासको भनाई भने जनप्रतिनिधि भएर शिक्षासँगै समग्र क्षेत्रको विकास गर्न सकिन्छ भन्ने छ ।
उनले बिगत २८ वर्षे लामो शिक्षण पेसालाई बिश्राम दिँदै प्युठान नगरपालिकाको वडा नं.९ को वडा अध्यक्षमा उम्मेदवार दिएका छन् । पार्दशिता,समाज परिर्वतन र समाज सेवा आफ्नो मुख्य लक्ष भएको बताउँदै उनले अब राजनीतिमा होमिने बताए।
विभिन्न पार्टी भित्रका गुट–उपगुट भन्दा पृथक पहिचान सहित आम जनताको आकान्क्षालाई शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य सहित आफुले शिक्षक पेशा छाडेर राजनितीमा आएको बिकासले बताए ।
उम्मेदवारी घोषणा संगै के सि ले भने “मेरो उम्मेदवारी व्यक्तिगत स्वार्थको लागि नभएर जनता हितको लागि हुनेछ ।स्वतन्त्र उमेदवारको तर्फबाट प्युठान नगरपालिकामा सबै जातजाति अट्ने,खट्ने,जुट्ने सहित गरिब,धनि,मजदुर, किसान,गाउँ, शहर,युवा,बृद्ध,महिलाहरु लगायतको समान सहभागिता गर्न गराउन प्युठान नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्ष पदमा मैले उम्मेदवारी दिएको छु ।”
नेताको झोले भएर होईन जनता र कार्यकर्ताको मर्म अनुसार कार्य गर्न गराउन,सबैको लागि नगरपालिका भित्र समान अवसरको वातावरण सृजना गर्न मैले उम्मेदवारी दिएको के सि ले बताए ।
धेरै समयसम्म शिक्षण पेशा गरे, बिकास भन्छन् अब वडा लाई समृद्ध बनाउने सपना बोकेको छु । त्यसैले शिक्षण पेशाबाट राजिनामा दिएर वडालाई समृद्ध बनाउने मेरो एक मात्र लक्ष्य छ,अध्यक्षका उम्मेदवार बिकासले भने ।
समाज परिर्वतन र समाज सेवा आफ्नो मुख्य लक्ष भएको बताउँदै उनले अब राजनीतिमा होमिने बताए ।
बिभिन्न संघ संस्थामा रहेर बिभिन्न जिम्मेवारी सम्हालेर अनुभव संगालेका के सि उक्त वडामा लोकप्रिय युवा नेता हुन । उनले उक्त वडामा निर्वाचन मार्फत भारी मत ल्याएर बिजयी हुने दावी गरे ।
“राजनीति पेशा होईन सेवा हो र म सेवा कार्यमा सदैव तत्पर रहेको छु । वडा अध्यक्ष भएर अझै जिम्मेवारीका साथ जनाताको हितमा निरन्तर खटि रहने छु । अझ भनौ थप उर्जा र जोश,जाँगरका साथ सेवालाई निरन्तरता दिनेछु ।” उनले बताए ।वडा भित्र रहेको सम्पुर्ण मतदाताले आफ्नो अमुल्य मत दिएर सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने के सि को पुर्ण विश्वास छ ।
नेपाली काङ्ग्रेस निगट नेपाल शिक्षक संघ प्युठान नगरपालिकाका सचीव समेत रहेका के सि लाई पार्टी स्रोतले वडा अध्यक्षको उम्मेद्बार तपाईं हो भन्दै बारम्बार राजीनामा दिन आग्रह गर्यो,तर गठबन्धन भन्दै अन्तिम समयमा बिश्वास घात गरेको प्रती केही निरासा पैदा भएको उनले सुनाए।
निर्वाचन घोषणापछि २ जना राहत र ४ जना स्थाई दरबन्दी गरि ६ जना शिक्षकले जिल्ला शिक्षा समन्वय इकाई प्युठानमा राजिनामा दिएको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख शिबराज पण्डित जानकारी दिए।
को हुन बिकास के सि ?
वि.सं.२०२९ सालमा साबिकको मरन्ठाना गा बि स वडा नम्बर २ ठुलासिम (हाल प्युठान नगरपालिका ९) मा जन्मेका बिकास बिध्यार्थी जीवन देखि नै अत्यन्तै भद्र सहयोगी र मिलनसार स्वभावका छ्न। माता चुडा के सि र पिता मान बहादुर के सि को पहिलो सन्तान हुन । प्रखर बक्ताका रुपमा सानैदेखि आफ्नो छबि बनाएका के सि ले प्रबिणता प्रमाणपत्र स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्युठान र स्नातक,स्नातकोत्तर महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङ बाट अध्ययन पूरा गरेका थिए ।
सानै उमेर देखि सामाजिक कार्यमा सक्रिय रहेका बिकास क्याम्पसका बिद्यार्थि रहँदा बिद्यार्थिहरुको असल नेताको रुपमा आफ्नो छबि बनाउन सफल भएका थिए ।
राजनीति सास्त्रमा स्नातकोत्तर गरेका उनी श्री जनता प्रा बि प्युठान नगरपालिका १० छेपानेमा प्रध्यानाध्याकको रुपमा कार्यरत थिए। बिगत २८ बर्ष देखि अधयापन गराउदै आईरहेका थिए। अब देश र जनताको लागि आफ्नो ब्यक्तीगत जिवनलाई राजनितीमा समर्पित गर्ने उनले बताए।
शिक्षा संगै राजनीति र समाज सेवामा समेत बिकास सकृय रहेका छन्।कोमल मन भएका बिकास समाज सेवामा समर्पित रहेका छन् ।सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छाशक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आर्इरहेका छन्।स्थानिय बिभिन्न संघ संस्थामा अध्यक्षको रुपमा काम गरेर समाजलाई सहयोग गरेका छन् । आफ्नो गाउँ क्षेत्र वाहेक बाहिरी जिल्लामा समेत बिकासले सहयोग गरेको उनका निकटतम साथीहरुले बताए ।
प्युठान नगरपालिकाका बालबालिका देखि लिएर युवा,बृद्ध,महिला समेत हरेक जातजातिका सबै उमेर समूहका ब्यक्तिहरु माझ सामाजिक कार्य र सहयोगि मनका कारण उनी लोकप्रिय बनेका छन् । बिकास सानैदेखि आफ्नो क्षेत्रमा दुःखमा परेका बिरामिहरुलाई निःशुल्क उपचार गराउन देखि आर्थिक सहयोग सहित अन्य सहयोगमा समेत अग्रस्थानमा उभिएका छन् ।
के छन् जित्नको निम्ती मुख्य आधारहरु ?
"म विगत लामो समयदेखि शिक्षण पेशा सङ्गै सामाजिक क्षेत्रमा आवद्ध व्यक्ति हु। सामाजिक संस्थामा आबद्ध भई काम गर्दै गर्दा मुख्य गरि यहाँका महिला,दलित,गरिब, जनजाती,पीडितहरुको पक्षमा वकालत गर्दै आएको छु । सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै गर्दा यहाँका जनताहरुले मलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न आग्रह गरे ।सोही अनुसार म यस वडाको अध्यक्ष पदको आकांक्षि बने र उम्मेदवारी दावि गरे मलाई आशा र विस्वास छ, आम जनताले मलाई साथ र सहयोग गर्नुहुनेछ। यहाँका जनता नै मेरो पक्षमा भएकाले नै म चुनाव जित्छु भन्ने बलियो आधार हो।"नैतिकता र इमानदारीताको खडेरी हुदाँ नेपाल र नेपालीहरूको भविष्य अन्धकार तिर अगाडि बढ्दै गएको के सि बताउछन।
चुनाबी एजेन्डा के छ्न ?
हाम्रो समाजमा भएका वेरोजगारी, किसानहरुको समस्या, शोषित, पिडितहरुको समस्यालाई समाधान गर्ने हाम्रो मुख्य एजेन्डा हो।साथै,मेरो ध्यान प्रगतिशिल बजेट बनाउँने तिर पनि हुन्छ । हाल सरकारले गरिरहेको जस्तो बजेट हुदैन भन्नाले हाल विलासिताका तथा अनउत्पादन क्षेत्रमा खर्चिने खालको हाम्रो बजेट हुदैन।जनताको भावना विपरितको क्षेत्रमा बजेट खर्च गदैर्नौ । बरु त्यसको ठाँउमा उत्पादन क्षेत्रमा हाम्रो बजेटहरु ल्याउछौं । उत्पादन बढाउँदै वडा सहित नगरपालिकालाई आत्मनिर्भर बनाउँने मेरो सोंच छ। यसमध्येमा पनि कृषि क्षेत्रमा उत्पादन बढाउने हाम्रो प्रमुख लक्ष्य हो । किसानहरुलाई रसायनिक मलहरुमा राहत ल्याउँने छौं । साथै, आर्गनिक कृषिमा किसानलाई आकर्षित गर्नतिर हाम्रो ध्यान हुन्छ । हालको समयमा पनि स्वस्थ पिउँने पानी र सडक हाम्रो नगरपालिकाको अत्यावश्यक भएकाले यस्तो खालको समस्या लिएर अब जनता कार्यालय धाउनुपर्दैन । बरु हामी आफै जनताको समस्यालाई सम्बोधन गर्नको लागि उनीहरुकै घर गाउँमा गएर बुझ्ने प्रयास गर्नेछौ।
प्रतिक्रिया राख्नुहोस्