रकम अभावमा मृगौला पीडित पप्पु,जीवन-मरणको दोसाँधमा,सहयोग गरिदिन परिवारको आग्रह 

रकम अभावमा मृगौला पीडित पप्पु,जीवन-मरणको दोसाँधमा,सहयोग गरिदिन परिवारको आग्रह 

राम बहादुर बिश्वकर्मा
प्युठान,उपचारका लागी अस्पताल भर्ना भएका प्युठानका मृगौला पिडित एक युवाका परिवारले सहयोगको याचना गरेका छन्। 
जिल्लाको प्युठान नगरपालिका ९ मरन्ठाना गुरिगाउँ आरनटोलाका ३३ वर्षीय पप्पु बि क को परिवारले आर्थिक सहयोग गरिदिन सबैलाई अनुरोध गरेको छ। दुबै मृगौलाले काम गर्न छोडेपछि भारतको लखनौ स्थित अरुणोदय किड्नी केयर सेन्टरमा परिक्षण पश्चात् पप्पुको  समस्या पत्ता लागेको थियो।उपचारमा अहिलेसम्म १५ लाख भन्दा बढि खर्च भएको र अझै पनि धेरै पैसा आवश्यक पर्ने भएको तर रकम जुट्ने कुनै आधार नभएपछि घर फर्काईए पछि आफन्तको सहारामा अहिले गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा डाइलासिस गरिरहेको भन्दै सबैलाई सहयोगमा याचना गरेको उनकि श्रीमति लक्ष्मी सुनारले बताइन। 
आर्थिक अभावमा उपचारमा समस्या आएपछि सबैले सहयोग गरिदिन मृगौला पिडित पप्पुको परिवारले देश बिदेशमा रहनुहुने सबै नेपालीलाई आग्रह गरेका हुन् ।

दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका पप्पु बिगत डेड बर्ष देखि अस्पतालमा उपचारत छन् मृगौला पिडित पप्पुकोे आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका छन् ।मृगौला पिडित पप्पु सँग उनकी पत्नी र ३ जना नाबालक छोराछोरी आश्रीत छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् । 
घरमा भएको सम्पूर्ण खर्च उपचारमा सकेपछि थप उपचार गर्ने रकम नभएपछि श्रीमति लक्ष्मिले सबैतिर सहयोग गरिदिन अस्पतालबाटै हारगुहार गरेकि छन्। चिकित्सकले उनको नयाँ जिबनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिले पैसाको खोजीमा भौतारिरहेका छन् ।
स्वास्थ्यमा थप जटिलता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडित परिबारले सहयोगको हारगुहार गरेका हुन् ।

आफ्नो श्रीमानको जिवन बचाउन मृगौला प्रत्यारोपण गर्नुपर्ने र उपचार खर्च महंगो भएकाले आर्थिक साहयोग माग्दै हिडेको उनले बताईन। सुरुमा ज्वोरो आउने,बान्ता आउने र प्रेशर बढ्ने लक्षण देखा परे पछी बिरामी भएर अस्पताल गएका पप्पुको कलेजोमा समस्या देखिएको र लामो समय पछि मात्र मृगौला फेल भएको थाहा भएको श्रीमति लक्ष्मिले बताइन।  
‘घरको एकमात्र कमाइ गर्ने सहारा असक्त हुँदा सारा परिवारनै विचल्लीमा परेको दुखेसो पोखिन’,लक्ष्मीले भनिन् ‘अरुको घरमा मजदुरी गरेर खाने हामी जस्ता विपन्न परिवारले श्रीमानलाई कसरी गर्ने बचाउने होला ? अस्पतालमा लागेको कर्जा कसरी तिर्ने होला भन्ने चिन्ताले सताएको छ।’
पप्पुको ज्यान बचाउन मृगौला बदल्नुपर्ने डाक्टरले सल्लाह दिएकोले अहिले आर्थिक थप समस्या परेको बताइएको छ ।
उनका परिवारले बिरामी पप्पुको जिबन रक्षाका लागी सरकार,विभिन्न संघसंस्था तथा सहयोगी व्यक्तिहसंग हारगुहार गरिरहेका छन् । पैसा नजुटे उपचार हुन नसक्ने र पप्पको मृत्यु समेत हुनेभएकाले सहयोग गरिदिनुहुन बि क परिवारले सबैलाई अनुरोध गरेको छ।
उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ।उनलाई सहयोग गर्नेहरुका लागि श्रीमतीको खाता नम्बर ०२५०१३००४२५६१४०००००१ लक्ष्मी बि क को ज्योति बिकास बैक मा जम्मा गरिदिन आग्रह गरेका छन्।सम्पर्क गर्नेहरुका लागि मोवाइल नम्बरमा ९८४७८९६८८६ गर्न सकिनेछ ।