५९ औ बिद्यार्थी दिवस: वडा अध्यक्ष श्रेष्ठ द्वारा जेहेन्दार विद्यार्थीलाई सहयोग

५९ औ बिद्यार्थी दिवस: वडा अध्यक्ष श्रेष्ठ द्वारा जेहेन्दार विद्यार्थीलाई सहयोग

राम बहादुर बिश्वकर्मा 
प्युठान,विद्यार्थी दिवसको अवसरमा प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले बिध्यालयमा पुगेर शैक्षिक सामाग्री उपलब्ध गराएका छन।
प्युठान नगरपालिकाका नगर प्रबक्ता समेत रहेका श्रेष्ठले प्युठान नगरपालिका - ४ स्थित नेपाल रास्ट्रिय बिधालय,टारिका कक्षा-६ मा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिद्यार्थी समीर रानालाइ शैक्षिक सामाग्री उपलब्ध गराएका हुन्।

तस्बिर: प्युठान नगरपालिका नगर प्रवक्ता सुमन श्रेष्ठ द्वारा जेहेन्दार बिध्यार्थी समिरलाई शैक्षिक सामाग्री प्रदान गर्दै

५९ औं बिध्यार्थी दिवशको अबसरमा आफुले समिरलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै श्रेष्ठले सानो कामबाट ठुलो खुशी र बिद्यार्थी दिवसको अर्थपूर्ण महत्त्वलाई सम्झनका निम्ति एक नयाँ प्रयास रहेको बताए।
साथै उनले विद्यार्थीहरु एक जुट हुन सके मात्र शैक्षिक क्षेत्रमा हुने गरेको अराजकतालाई अन्त्य गर्न सकिने भन्दै परिर्वतनका लागि परीर्वतनशील विद्यार्थीहरु एक हुनुपर्ने बताए।
आफू पनि बिध्यार्थी पृष्ठभुमि बाट यहाँ सम्म आएकाले विद्यार्थी आन्दोलनमा आफ्नो ऐतिहासिक दायित्व निर्वाह गर्ने सन्दर्भमा आफ्नो गौरवशाली विरासत कायम गर्न सदैव लागि पर्ने उनको भनाई छ।
नेपालको विद्यार्थी आन्दोलनमा जेठ १ लाई विद्यार्थी एकता र विजयको दिवसका रूपमा विद्यार्थी दिवस मनाउने गरिएको छ ।