पेशागत महासंघ नेपालको २८ औं स्थापना दिवश : जिल्ला अस्पताल प्युठानका बिरामी लाई फलफुल 

पेशागत महासंघ नेपालको २८ औं स्थापना दिवश : जिल्ला अस्पताल प्युठानका बिरामी लाई फलफुल 

राम बहादुर बिश्वकर्मा
प्युठान,पेशागत महासंघ नेपाल प्युठान शाखाले पेशागत महासंघ नेपालको २८ औं स्थापना दिवशको अबसरमा जिल्ला अस्पताल प्युठानमा भर्ना भई  उपचाररत बिरामी लाई फलफूल बितरण सङ्गै सिघ्र स्वास्थ्य लाभको कामना गरेर मनाएको छ । 
२६ वटा घटक बिच संलग्न पेशाकर्मी को पेशागत महासंघ प्युठानका अध्यक्ष दल बहादुर के सी को अध्यक्षता तथा जिल्ला अस्पताल प्युठानका अध्यक्ष बिजय बिराज बिष्ट को प्रमुख आतिथ्यता रहेको थियो।

प्रमुख अतिथी अध्यक्ष बिष्टले  बर्तमान अवस्थमा पेशाकर्मिको भूमिका अझै बढेर गएको बताउनुभयो।नेपालको सबैखाले परिवर्तनका लागि पेशाकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै सबैले पेशागत मर्यादालाई नबिर्सी थप मेहनत र उर्जा लगाउनुपर्ने भन्दै पेशाकर्मीहरुलाई अझै बढी इमान्दारिताका साथ काममा जुट्न आग्रह गर्नुभयो।पेशाकर्मीहरु एक भएर अघि बढ्न सकेको खण्डमा अधिकार प्राप्तीका लागि सजिलो हुने धारणा पनि उहाँको थियो । भिन्न भिन्न कार्यक्षेत्र र चरित्रका राष्ट्रिय स्वरूपका ट्रेड युनियन,पेसागत सङ्घ,सङ्गठनहरू बिच आपसी समन्वय,सहयोग र ऐक्यबद्धता प्रकट गर्दै श्रमिक,पेसाकर्मीका साझा सरोकारका विषयमा सामूहिक ढङ्गले अगाडि बड्दै आएको पेशागत महासघले गुणस्तरीय सेवा,पेशाको सुरक्षा सहित सामाजिक उत्तरदायित्वको क्षेत्रमा सकृय भुमिका खेल्दै आएको पेशागत महासंघ प्युठानका अध्यक्ष दल बहादुर केसी ले जानकारी दिनुभयो।स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा प्युठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनाल,पेशागत महासघ लुम्बिनी प्रदेश सदस्य मोहन के के,नेपाल स्वास्थ्य प्राबिधिक संघ केन्द्रिय उपाध्यक्ष ध्रुव पोख्रेल,राष्ट्रिय स्वास्थ्य कर्मी महा सघ नेपाल जिल्ला अध्यक्ष खिम प्रसाद पार्धे,शिक्षक महासघ जिल्ला सचिब खिम बहादुर जि सि,नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला सचिब खिम बहादुर रावत,नेपाल निजामती सङ्गठनका जिल्ला अध्यक्ष हरि प्रसाद नेकपा एमाले नगर कमिटी सचीव आकाश भण्डारी, स्वर्गद्वारी बहुमुखी क्याम्पसका स्वबियु शभापती टेकराज के सि लगायतको उपस्थिति  रहेको थियो।पेशागत महासंघ प्युठानका गोपाल योगिले संचालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य कर्मी महासघ नेपाल जिल्ला अध्यक्ष खिम प्रसाद पार्धेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।