राम बहादुर बिश्वकर्मा
प्युठान,बहुमुखी बचत तथा ऋणसहकारी संस्थाको १२ औं वार्षिक साधारण शभा आज मरन्ठानामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष माधब पराजुलीको अध्यक्षता तथा प्युठान नगर पालीका वडा न १० का वडा अध्यक्ष पदम गिरीको प्रमुख आतिथ्यता तथा जिल्ला सहकारी सघका सदस्य बिकास के सि को बिशिष्ठ आतिथ्यतामा भएको साधारण शभामा बोल्ने बक्ताहरुले सहकारी संस्थाले थोरै थोरै छरिएर रहेको पुजिलाई एकत्रित गरि साना तथा लघु उद्यम ब्यबसाय संचालन गरेर आत्म निर्भर बन्नका लागि सहयोगि भएको कुरामा जोड दिनु भएको थियो ।
आर्थिक सबलीकरण नभै कुनै पनि क्षेत्रको विकास हुन नसक्ने भएकाले बचत तथा ऋण सहकारीले बिपन्न समुदायका मानिसहरुलाई बचत गर्न उत्प्रेरित गर्नुका साथै आत्म निर्भर बन्नका लागी पनि सहयोगि भएको बक्ताहरुको भनाई रहेको थियो । पछिल्लो समय केही सहकारीहरुले गरेका आर्थिक अपारदर्शिताका कारण अन्य सहकारीहरुलाई समेत नकारात्मक असर परेको बताउदै आर्थिक बचत तथा ऋण सहकारीहरुमा आर्थिक पारदर्शिता अनिबार्य भएको बक्ताहरुको भनाइ थियो ।
सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पदम गिरीले बचत तथा ऋण सहकारीहरुले स्थानीय स्तरमा मात्र नभई देशको आर्थिक समृद्धी र बेरोजगारि समस्या समाधानका लागि पनि सहयोगि भएको बताउनु भयो । सेयर सदस्यहरु विभिन्न सहकारीमा आबद्ध भई एक सहकारी बाट लिएर अर्को सहकारीमा दिने प्रचलन मात्र ब्याप्त भयो। यसले देश र जनता सधैं गरिब भइरहने, बेरोजगार युवाहरु विदेश पलायन हुने अवस्था आयो । यसको अन्त्य गर्नका लागि सेयर सदस्य उत्पादन हुनुपर्छ अन्यथा देश र जनता सधैं गरिब हुने र सहकारी मात्र धनी हुने अवस्थाको अन्त्य हुन सक्दैन,’उहाँले भन्नुभयो।
तस्बिर: प्रमुख अतिथि प्युठान नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदम गिरी
साथै उहाँले अनुचित क्षेत्रमा रकम खर्च भई समाजमा बिकृती र बिसङ्गती बढ्दै गएको भन्दै सेयर सदस्यलाई अनुचित खर्च कटौती गर्न गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। कार्यक्रमका बिशिस्ट अतिथि बिकास के सि ले सहकारीहरु सँख्यात्तमक भन्दा गुणात्मक तरिकाले बृद्धि भई साधारण सदस्यहरुको जिवन उकास्ने कार्यक्रममा थप जोड दिनुपर्ने आवश्यक्ता औल्याउनु भयो । एउटै ब्यक्ति विभिन्न सहकारीको सेयर सदस्य हुनुले धेरै झन्झटिलो खेप्नु परेकाले नेपाल सरकारले लिएको सरकारी नीति अनुसार शेयर सदस्यहरु एउटै सहकारी संस्थामा आबद्ध भई आफ्ना आर्थिक कारोबार सहकारी मार्फतनै गर्नुपर्नेमा जोड दिदै सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो ।
तस्बिर: बिशिस्ट अतिथि जिल्ला सहकारी संघका सदस्य बिकास के सि
सस्थाका उपाध्यक्ष तारा पण्डितको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बागेश्वरी बहुउद्देश्यीय महिला सहकारी सस्थाका अध्यक्ष शिवा गिरी,उज्यालो बचत तथा ऋण सहकारी सस्थाका सचिब सिताराम घर्तिमगर लगायतले बोल्नुभएको थियो । संस्थाका पुर्ण बहादुर के सि ले वार्षिक प्रगति र कोषाध्यक्ष मधुसूदन गिरीले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को सहकारीको आय व्याय तथा वार्षिक कार्यक्रम र लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो । संस्थाका कोषाध्यक्ष मधुसूदन गिरीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार आव २०७७/७८ मा संस्थाको शेयर पुँजी ९ लाख २४ हजार रहेको छ । संस्थामा ७ सय ८७ जना सदस्य आबद्ध भएका छन् । उक्त अवधिमा ९० लाख ६५ हजार १ सय ६५ रहेको प्रतिबेदनमा प्रस्तुत गरिएको थियो। त्यस्तै संस्थागत पुजि ९२ लाख ४ हजार र ८ लाख ६० हजार ६ सय रहेको छ।
प्रतिक्रिया राख्नुहोस्