सिकाई उपलब्धि वृद्धि गर्न शिक्षक,विद्यार्थी तथा अभिभावकमा उत्प्रेरणा आबश्यक छ :अध्यक्ष के सि 

सिकाई उपलब्धि वृद्धि गर्न शिक्षक,विद्यार्थी तथा अभिभावकमा उत्प्रेरणा आबश्यक छ :अध्यक्ष के सि 

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि ले शिक्षामा गरिएको लगानीको प्रतिफलको औचित्य विद्यार्थीको उपलब्धि स्तरले पुष्टि गर्न सक्नुपर्ने बताएका छन।
बाल बिध्या माबि मरन्ठानाको शैक्षिकसत्र २०७९ को बार्षिक परिक्षामा प्रथम,दितिय र तृतीय स्थान हासिल गरेका बिध्यार्थिलाई पुरस्कार बितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष के सि यस्तो बताएका हुन्।“सार्वजनिक शिक्षा जताततै नै खतरामा छ,बिकास भनेर सडक निर्माण लाई मात्र बुझिन्छ अब सामाजमा चेतनाको स्तर वृद्धि हुनु आबश्यक छ”अध्यक्ष के सि ले अर्को प्रसङ्गमा वडाको कुनै समुदायको उदाहरण दिँदै भने भौतिक निर्माणको योजना तय गरिन्छ तर बिरोध गरिन्छ त्यसैले भूइतहबाटै शिक्षामा लगानी गरेर सकारात्मक परिवर्तन ल्याउने आफ्नो कार्यकालको लक्ष छ।”
शिक्षालाई जागिर मात्र नबुझेर समाज बनाउने माध्यमका रुपमा लिनुपर्छ।शिक्षामा लगानीको औचित्यका बारेमा बेलाबखत बहस हुँदै आए सङ्गै गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि पर्याप्त लगानी गर्न वडा तयार छ त्यसको चुस्त व्यवस्थापन 
दूरदर्शी शैक्षिक नेतृत्व,चुस्त व्यवस्थापन, समर्पित शिक्षक,अनुशासित विद्यार्थी,सचेत अभिभावक हुनुपर्ने उनको धारणा छ।
बिध्यालयको बाल बिकास देखि कक्षा ९ सम्म प्रथम, दितिय र तृतीय स्थान हासिल गर्ने बिध्यार्थिलाई शैक्षिक सामाग्री प्रदान गरिएको बिध्यालयले जनाएको छ।बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेहरसिह के सि को अध्यक्षतामा सुरु गरिएको पुरस्कार बितरण कार्यक्रममा प्र अ केशु गिरी ले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन शिक्षक रमेश गिरीले गरे गरेका थिए।