झइन्द्र भण्डारी
प्युठान,रोल्पा भालुबाङ सडक खण्ड अन्तर्गत स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ प्यूठानमा सडक पहिरो जादा सवारी साधन आवतजावतमा अवरुद्ध भएको छ। सडकको पश्चिमी दिशाबाट बग्ने खहरे खोलाको निकासका लागि राखिएका ३ वटा होमापाइप वर्षाको भेलसङ्गैको माटोले बन्द भएपछि भेल रोकिएर तलाउ बनेर पानी रोकिएपछि सडक भत्किन सुरू गरेको हो।करिब ६ महिना अगाडिदेखि बन्द भएका होमपाइपहरू खोलेर भेल सञ्चालन गर्न नसक्दा सडक पहिरो गएको हो । चैतमा आएको भेलबाट होमपाइपहरू बन्द हुन सुरू गरेको स्थानीयले बताएका छ्न।यहि गत जेठ र असारमा पनि उक्त स्थानमा खहरे भेल थुनिएर समस्या निम्तिदै आएको स्थानीय युवा केशव योगीले बताए ।
होमपाइप बन्द भइसकेपछी स्थानीयले सडक डिभिजनलाई विभिन्न माध्यमबाट पटकपटकपटक जानकारी गराइरहेको केशव योगीले बताएका छन ।जानकारी पाइसकेपछी सडक डिभिजन कार्यालय प्यूठानबाट कर्मचारीहरू आएर उक्त समस्याको अध्ययन पनि गरेको योगीको भनाइ छ।कर्मचारीहरू आए यसो हेरे अनि समस्याको समाधान हामी गर्छौं भनेर गएको महिनौं बित्दा पनि समाधान गरिएन र आज यो अवस्था निम्तिएको हो भन्दै केशव योगीले सानो समस्या बल्झिएर अहिले ठूलो समस्या निम्तिएको बताएका छन।खहरे भेलको निकासको लागि सडकमुनिबाट ३ ओटा होमपाइप राखिएका छन ती होम पाइप बन्द भएको महिनौं भयो तर जानकारी भएर पनि सडक विभागले चासो देखाएन। यो कर्मचारीहरूको चरम लापरबाही हो । होमपाइप बन्द भइसकेपछी करिव ५ फिट गहिरो तलाउ बन्यो।जम्मा भएको पानी सडकको माथिबाट बग्न थाल्यो र त्यसले सडकको पूर्वतिर कटान गर्दै गयो फलस्वरूप सडक पुरै खस्यो र अवरुद्ध भयो ।
यदि सडक डिभिजन कार्यालयले समयमै यसको समाधान गरेको भए आज सयौंको संख्यामा रहेका यात्रु र यति धेरै सवारी साधन अलपत्र पर्दैनथे ।यसको तत्काल समाधान गरी सडक सञ्चालन गर्नको लागि सम्पूर्ण सरोकारवालाको ध्यान जानू आवश्यक छ ।
प्रतिक्रिया राख्नुहोस्