राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ८ दहचौरका युवा तथा समाजसेवी नारायण के सि ले १ जना मृगौला पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँले दुबै मिर्गौलाले काम गर्न छोडेपछि उपचार गराईरहनु भएका स्वर्गद्वारी नगरपालिका ८ चाल्नेटार निबासी ४६ बर्षिय मृगौला पिडित ताल बहादुर महतरा लाई आर्थिक सहयोग गर्नुभएको हो।हाल प्युठान नगरपालिका ४ बिजुवारमा "सक्रिय प्याथोलोजी" नामक प्याथोलोजी सन्चालन गरि बिरामिलाई सेवा दिदै आउनुभएका के सि ले पीडित महतरा लाई ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।प्राप्त रकम मिर्गौला पीडितको खातामा जम्मा गरिसकिएको छ ।आफ्नाे सहयाेगले बिरामीकाे उपचारमा टेवा पुगाेस् भन्ने उद्देश्यले आर्थिक सहयाेग गरेकाे के सि ले बताउनु भयाे । हाल बिरामीकाे काठमाडौमा उपचार भैरहेकाे छ ।
तस्बिर: काठमाडौमा उपचाररत स्वर्गद्वारी नगरपालिका ८ चाल्नेटार निबासी ४६ बर्षिय मृगौला पिडित ताल बहादुर महतरा
के सि ले यसअघि पनि विभिन्न बिरामीको उपचारका लागि आर्थिक सहयाेग गर्नुभएको थियाे । सानै भए पनि आफ्नाे तर्फबाट समस्यामा परेका बिरामीहरुका लागि सहयाेग गर्ने गरेकाे के सि काे भनाई छ।उहाँले आउने दिनमा पनि आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।सानैदेखी दयालु र सहयोगी भावनाका के सि समाजमा विद्यमान कुरिति,कुसँस्कार,थिचोमिचो र अन्याय सहन नसक्ने व्यक्ती हुनहुन्छ सहयोगको लागी धन मात्र भएर केहि नहुने र त्यसको लागी मन हुनुपर्ने उहाँ बताउनुहुन्छ।
प्रतिक्रिया राख्नुहोस्