सिता बि.क
प्युठान,प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले पुस्तकमैत्री संस्कृति कमजोर हुनुले आलोचनात्मक सोच र आत्म-चिन्तन क्षमतामा गिरावट आएको बताउनुभएको छ।
भानु सामुदायिक सिकाइ केन्द्र प्युठान नगरपालिका-३ ले आयोजना गरेको पुस्तकालय तथा पठन सस्कृति बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
समाजलाई परिवर्तन गर्न चाहने,सेवा गर्न चाहने, नेतृत्व गर्न चाहने वा सामान्य रूपमा सजग नागरिक बन्न चाहने जो-कोहीका लागि पठन संस्कृतिको विकास अत्यावश्यक छ। उहाँले भन्नुभयो।
सूचना प्रविधिको सहजता र सामाजिक सञ्जालहरुको व्यापकतासँगै मानिसमा पत्रपत्रिका तथा सबै प्रकारका पुस्तकहरु पढ्ने बानी कम हुँदै गएकाले पठन संस्कृति विकास गर्न परिवार सकारात्मक रहनुपर्ने उहाँको भनाइ थियो।
नगर प्रमुख योगिका अनुसार व्यक्तिको ज्ञानको विस्तार भन्दा प्रविधिमार्फत सहजै विषयवस्तु खोज्ने बानीले पढ्ने बानी हराउँदै गएको हो यस्तो प्रवृत्तिले खोज्ने,सोँच्ने र चिन्तन गर्ने बानी हराइसकेको छ पुस्तक पढ्ने बानीको विकास गराउनका लागि चिन्तन र व्यवहारमा परिवर्तन ल्याउन समाजको जिम्मेवारी बढी छ।
प्रतिक्रिया राख्नुहोस्