विजयनगरमा सडक बत्ती जडानपछि वडा अध्यक्ष सुमन श्रेष्ठको भयो चौतर्फी प्रशंसा

विजयनगरमा सडक बत्ती जडानपछि वडा अध्यक्ष  सुमन श्रेष्ठको भयो चौतर्फी प्रशंसा

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ३ का सडक झिलीमिली र उज्यालो देखिन थालेका छन्।वडाले उज्यालो वडा बनाउने योजनाका साथ मुख्य सडक र ग्रामीण क्षेत्रका पोल–पोलमा बत्ती जडान गरेपछि झिलीमिली र उज्यालो बनेको हो।
अँध्यारोबाट मुक्त बनाएर राति पनि बिजयनगर बासिलाई भिलिमिली र उज्यालो बनाउने दिउँसो जस्तै निर्धक्कसँग मानिसहरु आवतजावत गर्न सकुन भन्ने सपनालाई सार्थकता दिन वडाले मुख्य सडक तथा ग्रामिण सडकमा बत्ति जडान गरेको प्युठान नगरपालिका वडा नम्ब ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले बताए ।
“प्युठान नगरपालिको ३ नम्बर वडा क्षेत्रमा उज्यालो वडा अभियान सुरु गरेका छौँ”,अहिले बिजयनगर हाइवे (बुढिखोला -जुम्री)सम्म सडक बत्ति जडानको कार्य अगाडी बढाइएको छ,बाँकी सडकमा पनि बत्ती जडानको काम जारी छ,छिट्टै जडान सकिनेछ”, उहाँको भनाइ थियो।
प्युठान नगरगरपालिका वडा नम्बर ३ ले एकपछि अर्काे लोकप्रिय योजना ल्याएर कार्यान्वयन गर्ने गरेकाले छोटो समयमै वडाले मुहार फेर्न लागेको स्थानीयहरू बताउँछन्। “आफू निर्वाचित भएदेखि आफ्नो वडालाई सफा,सन्दर र उज्यालो नमुना युक्त वडा बनाउने लक्ष्यका साथ अघि बढेको छु”,नगर प्रवक्ता समेत रहेका श्रेष्ठले भने,“जुनसुकै जन सरोकारको सवालमा दृढताका साथ अगाडी बढ्ने छु वडाबासीको सहयोग निरन्तर रहोस्।”
अहिले वडाको मुख्य सडक र ग्रामीण सडकमा २० वटा बत्ति जडान भइसकेको र वडाका अन्य स्थानमा जडानकार्य समेत अगाडी बढाउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए।
रातीको आवतजावतमा बत्तीले सहज बनाइदिएको विजयनगरकै राजकुमार पुलामी साह बताउँछन् । उनी भन्छन्, ‘राति कतै हिँडडुल गर्न परे पनि अप्ठ्यारो हुने गरेको थियो।अहिले एकदम सुविधा छ,जताततै सहजै आवतजावत गर्न सकिन्छ।
पुलामीको बुझाइ थियो–नेता चुनावका बेला सपना देखाउन मात्र आउने हुन्।अब उनको विचार फेरिएको छ। उनी भन्छन्, ‘सबै नेता सपना देखाउने मात्र नहुँदा रहेछन्।’ यसपालि झूटो आश्वासन बाँड्ने र ठग्ने होइन,सपना पूरा गराउने नेता पाएको भन्दै उनी खुसी व्यक्त गरे।