सालघारीमा उद्यमशीलता विकास तालिम सन्चालन

सीता बि.क
प्युठान,नयाँ उद्यमिका लागि उद्यमशीलता विकास तालिम सुरु भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम मेड्पा अन्तर्गत प्युठान नगरपालिकाको आयोजनामा प्युठान नगरपालिका वडा नम्बर १ सालघारीमा उद्यमशीलता अभिबृद्धि गर्दै रोजगारी सृजना गर्ने उदेश्यले तालीमको आयोजना गरिएको हो। तालीमको उद्घाटन गर्दै प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले उद्यमसिलता बिकास तालीम स्वरोजगार सङ्गै रोजगारी सृजनामा केन्द्रित भएको बताउनुभयो। साथै तालीम पश्चात् सहभागीले आफ्नो जिम्मेवारी लिनु भनेको स्वरोजगार बन्नु हो भन्दै उहाले व्यक्ति कुशल भए राष्ट्र र समाजले पनि लाभ पाउने तर्क गर्नुभयो।उहाँले उद्यमशीलता विकासको क्षेत्रमा प्युठान नगरपालिकाको मुख्य लक्ष्य भएको बताउँदै उद्यमशिलता विकासको लागि नगरपालिका सधै आगडी प्रतिबद्धता समेत जनाउनुभयो।आठ दिन सम्म दिइने उक्त तालिममा व्यवसायिक सचेतना,अवसरको पहिचान,परिवार र व्यवसाय विचको सम्बन्ध, ग्राहक स्थानीय स्रोत र बजारको पहिचान गरि व्यवसायको छनौट साथै व्यवसायिक योजना तयार लगायतका बिषयमा प्रशिक्षण गराईने प्रशिक्षक सीता बि.क ले बताउनुभयो ।उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले आत्मनिर्भर बन्नको लागि सीप र दक्षता आवश्यक पर्ने उल्लेख गर्दै कुनै पनि व्यवसायमा इमानदारी,लगनशीलता भएमा सफल उद्यमी बन्न सकिने र उद्यमशीलतामा सफलता पाउनका लागि उचित व्यवस्थापनको आवश्यक पर्ने भएकाले
उद्घमशिलता बिकास तालिम सन्चालन अबधिभर सक्रिय सहभागी हुन आग्रह गर्नुभयो ।
पर्शिक्षार्थीले तालिम अबधिमा आफ्नो व्यवसायिक योजना बनाउनुहुन्छ सोहि अनुसारको क्षमता वृद्धीको लागि पुन:व्यवसायिक शिप विकास तालिम समेत प्रदान गरिने जनाउनु भएको छ ।वडा सदस्य थम्मन खड्काको अध्यक्षता,उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले सन्चालन गर्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य सुनिल सापकोटाले मन्तब्य राख्नुभएको थियो।  तालिममा २२ जनाहरूको सहभागिता रहेको थियो । तालिम फाल्गुन १ गते सम्म चल्नेछ।