सीता बि.क
प्युठान, प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानले २५ औ स्थापना दिवसको अवसरमा प्युठान अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ।प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा प्युठानले अस्पतालमा उपचारत विरामीलाई रक्तदान, फलफूल वितरण तथा पत्रकार लाई सम्मान गरि स्थापना दिवस मनाएको हो।
प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बासुदेब गिरी,सचिव राम बहादुर बिश्वकर्मा,केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारी, लुम्बिनी प्रदेश सचिब एल बि थापा,प्रदेश सदस्य कमल बि क,प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनाल, प्रेस चौतारी जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको टोलीले अस्पतालमै पुगी बिरामीहरुलाई फलफूल वितरण गरेका हुन्।
प्रेसर चौतारी जिल्ला शाखा प्युठानका अध्यक्ष बासुदेब गिरीले नेपालका हरेक क्रन्तिमा प्रेस चौतारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्थापना दिवशको अबसरमा बिरामीको स्वास्थ्यमा केही मात्रामा सहयोग पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए।
पछिल्लो समय स्थापना दिवस होस् वा अन्य खुसीयालीका कार्यक्रममा फजुल खर्च गर्ने परीपाटीको अन्त्य गरी समाजिक सेवामा सबैको चासो र चिन्ता जागोस् भनी यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गिरीको भनाई छ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश शभा सदस्य तुल्सिराम शर्माले स्थापना दिवस देखि प्रेस चौतारी नेपालले गर्दै आएको राम्रा कामलाई निरन्तरता दिने वातावरण सिर्जना गर्न जिल्ला शाखा प्युठान प्रतिवद्ध रहनुपर्ने सुझाव दिएका थिए। सबै नागरिकले सूचना पाउने अधिकार भएको हुदाँ सत्य र निष्पक्ष सूचना तथा समाचार प्रशासरण गर्ने संचारमाध्यको कर्तब्य भएको हुदाँ यसको भुमिका संचारकर्मी एवम् पत्रकारले निर्वाह गर्नुपर्ने बताए।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारीले प्रेस चौतारी नेपाल एउटा कलमजिवी संगठनका साथै समाज सेवामा पनि उतिकै काम गर्ने संगठन भएको बताए।
पेशागत हकहितका लागि संङ्गठित रुपमा कार्य गरी स्वच्छ,मर्यादित र निश्पक्ष रुपमा जनतालाई सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिदै भण्डारीले प्रेस चौतारी नेपालले आजकै दिन देशका ७७ वटै जिल्लामा यस्ता खालका सामाजिक सेवाका कार्यक्रमको आयोजना भइरहेको जानकारी गराएका थिए ।
यसैबीच प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष शिवा रेग्मी,सदस्य हेमन्त पाठकले रक्तदान समेत गरे।
सोही अबसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानमा स्थापना गरिएको स्व. गोपालदास नकर्मि स्मृति पत्रकारिता पुरस्कार पत्रकार एलबी थापालाई प्रदान गरीएको छ। प्रेस चौतारी लुम्बिनी प्रदेश सचिव एवम् शाखा पुर्व अध्यक्ष रहेका थापालाई नगद सहित सम्मान पत्र प्रदान गरीएको हो । पत्रकारिताको माध्यम बाट आम जनताको मुद्दा उठाउँदै व्यवसायिक धर्म निर्वाह गर्दै जिल्ला शाखाको संस्थागत विकास र पत्रकारिताका माध्यमबाट पुर्याउनुभएको योगदानको मुल्याङ्कन गर्दै सम्मान गरिएको हो ।
यसैबीच शाखाका निवर्तमान अध्यक्ष नोमराज पौडेललाई समेत प्यूठान शाखाले स्थापना दिवसको अवसरमा सम्मान गरेको छ । पौडेल स्थानीय तहको निर्वाचन २०७९ मा मल्लरानी गाउँपालिका वडा नं. ३ बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको र शाखाको संस्थागत विकासमा पुर्याउनु याउनुभएको योगदानको कदर स्वरुप सम्मान गरीएको हो ।


प्रतिक्रिया राख्नुहोस्