राम बहादुर बिश्वकर्मा
प्युठान,जन्म दिन मनाउने तरिका आ-आफ्नै हुन्छन्।कसैले केक काटेर त कसैले भोजभतेर गरेर लाखाै रूपैयाँ खर्च गरिरहेका हुन्छ्न।तर प्युठान निवासी बिध्यार्थी नेता पुष्कर शर्माले आफ्नो जन्म दिन फरक तरिकाले मनाएका छन्।उनले सामाजिक सञ्जाल मार्फत यस कुराको जानकारी दिँदै भनेका छन,‘आज मेरो जन्मदिनको अवशरमा एउटा जिबन्त,मर्मस्पर्शी,दुखदायी घटना सङ आफ्नो जन्मदिनलाई जोड्ने कोसिस गरेको छु,प्युठान नगरपालिका २ रानीकोट निवासी राजु खडकाको छोरा २ बर्षको हुँदा आफन्त बितेको १३औ दिनको कार्यक्रममा पुरी पकाउने तेलको बानमा परि छोरा शिशिर खडकाको अनुहार,टाउको जल्न पुग्यो,तत्कालीन समयमा दुख,सुख गरि छोरा शिशिर खडकाको ज्यान बचाउन त सफल हुनुभयो तर अहिले बच्चा सामान्य अबस्थामा भएपनि अनुहार र टाउको असमान्य स्थितिमा छ,सुशिर खडका अहिले ६ बर्षको भए,यु के जि कक्षामा पढ्छन आर्थिक अबस्था पनि सामान्य छ ,उनलाई विद्यालयमा यस्तो अबस्था देखेपछि बाबु सिशिरलाई आत्मसाहास र पढाईमा हौसला मिल्छकि भन्ने उद्देश्यले आज उनको घरपरिवारमा गएर केही स्टेसनरी सामाग्री सहित नगत हस्तान्तरण गर्ने अवसर प्राप्त भएको छ अत्यन्तै खुशी छु ।"
उनले भनेका छ्न"-हुन त हामीपनि भुइमान्छे नै हो तर सहयोग भन्नेकुरा सानो ठुलो हुदैन मन भए पुग्छ भन्ने उद्देश्यले बिगतका बर्षहरुमा जस्तै आज माघ २३ गते पर्न गएको मेरो जन्मदिनको अवसरमा बाबू सिशिरलाई संमान स्वरुप उनको परिवार सङ जन्मदिन मनाउने अवसर जुट्याे।"
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा आफूले सकेको सहयोग गर्दा कुनै पक्षलाई राहत हुने शर्माको बुझाई छ।उनले विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत यस कुराको जानकारी दिँदै भनेका छन,‘आज मेरो जन्मदिनको अवशरमा एउटा जिबन्त,मर्मस्पर्शी,दुखदायी घटना सङ आफ्नो जन्मदिनलाई जोड्ने कोसिस गरेको छु,प्युठान नगरपालिका २ रानीकोट निवासी राजु खडकाको छोरा २ बर्षको हुँदा आफन्त बितेको १३औ दिनको कार्यक्रममा पुरी पकाउने तेलको बानमा परि छोरा शिशिर खडकाको अनुहार,टाउको जल्न पुग्यो,तत्कालीन समयमा दुख,सुख गरि छोरा शिशिर खडकाको ज्यान बचाउन त सफल हुनुभयो तर अहिले बच्चा सामान्य अबस्थामा भएपनि अनुहार र टाउको असमान्य स्थितिमा छ,सुशिर खडका अहिले ६ बर्षको भए,यु के जि कक्षामा पढ्छन आर्थिक अबस्था पनि सामान्य छ ,उनलाई विद्यालयमा यस्तो अबस्था देखेपछि बाबु सिशिरलाई आत्मसाहास र पढाईमा हौसला मिल्छकि भन्ने उद्देश्यले आज उनको घरपरिवारमा गएर केही स्टेसनरी सामाग्री सहित नगत हस्तान्तरण गर्ने अवसर प्राप्त भएको छ अत्यन्तै खुशी छु ।"
प्रतिक्रिया राख्नुहोस्