सुर्य थापाले गरे मतदान
दिपेन्द्र सुनार
प्युठान,नेकपा एमालेका उमेदवार सुर्य थापाले झिमरुक गाउँ पलिका वडा नम्बर १ सौतामारे अन्तर्गत अमर शिह मा.वि.मतदान केन्द्र बाट मतगरे गरेका छन।
एमाले पोलिटब्युरो सदस्य एवंम प्युठान जिल्ला इन्चार्ज समेत रहेका थापाले आफ्नो गृहजिल्ला प्युठानको झिमरुक गाउँपालिका वार्ड न १ को अमर शिह मा.वि.(ख) केन्द्रबाट मतदान गरेका हुन।
प्युठान जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि शभाको १ मात्र निर्वाचन क्षेत्रमा १५६ मतदानस्थल र २२३ वटा मतदान केन्द्र रहेको छ भने प्रदेश क्षेत्र नम्बर १ मा १०६ वटा मतदान केन्द्र र २ मा ११७ वटा मतदान केन्द्र गरी २२३ वटा मतदान केन्द्र रहेका छन।
प्युठानमा १ लाख ५९ हजार ७ सय ६० मतदाता संख्या रहेका छन्। जसमध्ये महिला ८१ हजार ९ सय ९० र पुरुष ७७ हजार ७ सय ६९ जना र १ जना अन्य मतदाता छन भने प्रदेश क्षेत्र नम्बर १ मा ७४ हजार ६ सय ६३ जना र क्षेत्र नं. २ मा ८५ हजार ९७ र जना छन्।
प्रतिक्रिया राख्नुहोस्