प्युठानमा सूर्य थापाको क्रेज : स्थानीय भन्छन- नयाँ अनुहार हेरिन्छ,जितेर मुख नदेखाउने लाई फेरिन्छ !

प्युठानमा सूर्य थापाको क्रेज : स्थानीय भन्छन- नयाँ अनुहार हेरिन्छ,जितेर मुख नदेखाउने लाई फेरिन्छ !

सीता बि.क
प्युठान,गाउँहरूमा चुनावको खासै उत्साह छैन। प्राय:उम्मेदवार आउँदा कार्यकर्ता मात्र देखिन्छन्। कारण, चुनाव कति आए,कति गए तर जनताको समस्या ज्युँका त्युँ नै छन्। त्यही भएर पनि हाेला जनतामा चुनावकाे उत्साह छैन।
यद्यपि,जनताको निराशामा खुसीको आशा बनेर प्युठान मा उभिएका छन नेकपा एमालेका पोलिट ब्योरो सदस्य सुर्य थापा ।
उनको वडा स्तरीय शभामा निक्कै उत्साह छाउने गरेको छ। थापाले जिल्लाका ९ वटै पालिकाका ६४ वटै वडामा गरेको चुनाबी शभामा सधैँ एउटै पार्टी र उहीँ ब्यक्ति लाई भोट हालेका मतदाता यो निर्वाचनमा भने फरक अनुहार देखिएकोमा खुसी देखिएका छन्।
नयाँ अनुहार हेरिन्छ,जितेर मुख नदेखाउने लाई यसपटक  फेरिन्छ ! भन्नेहरु निकै भेटिने गरेका छन।बिगतमा मसाल बाट दुर्गालाई जिताएर पठाए पनि गाउँ नफर्केको,काम नगरेको,आश्वासन मात्र बाढेको गुनासो स्थानीयले थापा लाई धेरै गर्छन। थापा भन्छन, मतदाताले भनेको ‘सधै एक थान संसद जिताएर पठायौँ,दुख पायौँ, विकास भएन त्यही भएर सायद आफुलाई पहिले जितेको नेताले गरेको कामको स्पष्टिकरण दिन परिरहेको छु।’
थापाले पनि जनतालाई आश्वस्त पार्दै जिताएकाे मान्छेले काम गर्दैनन् भने किन फेरि मत दिनुहुन्छ भन्दै ‘मलाई मत लगानी गर्नुहोस, पछुताउने दिन आउन दिने छैन। सङ्गै हातेमालो गर्नुपर्छ। मेरो विजय तपाईं हाम्रो विजय हुनेछ,’ थापाकाे भनाई सकिने बित्तिकै स्थानीयले ताली बजाउछ्न।
‘हामीले धेरैपटक दुर्गालाई भोट दिएर जितायौं तर केही गर्नु त के हो मुख समेत कस्तो छ हामिलाई थाहा छैन मतदाता भन्छन्,‘कतै तपाईं पनि त्यसरी नै भोट मात्र माग्न आउनुभएको त होइन ?’

प्रत्युत्तरमा थापाले पार्टीको हैसियत,उमेदवार,दक्षता कुशलता क्षमताको ख्याल गरेर मतदाताले मत दिनुपर्ने हुन्छ। उनले भने-"देशका सबै जिल्ला बाट लोप हुन लागेको पार्टिको उमेदवारले जितेमा उसको के हैसियत हुन्छ? सिहदरबारको पछाडी पट्टि कुनामा बस्नुको विकल्प हुँदैन कसरी जिल्लाको बिकास हुन्छ?श्रीमानको आशीर्वादले श्रीमति उमेदवार बन्ने परिपाटीले प्युठान पछाडी परेको स्पष्ट पार्दै आफुले काम गरेर देखाउने थापाले प्रतिबद्धता व्यक्त गरे। ‘यहाँको समस्या तपाईंहरूको मात्र होइन,मेरो आफ्नै समस्या हो म पनि जिल्ला बासी नै हु मलाई पनि चिन्ता छ’, उनले भने,‘यदी मलाई मत दिएर संसद पठाउनु भयो भने जिल्लाको बिकासमा मुल फुटाउने छु।
जितेर गएकाले फेरि फर्किएर नहेरेपछि सुर्य प्रति जनताको सहानुभूति पनि बढ्दो छ। निर्वाचित जनप्रतिनिधिका प्रतिबद्धता र घोषणा-पत्र कागजी खोष्टा मात्र सावित भएको स्थानीय बताउँछन्। 
विगतमा पनि आफू तीन पटक सम्म प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदा जिल्लाको बिकास निर्माणको क्षेत्रमा कयौं बजेट ल्याउन सफल भएको थापाले दाबी गर्दै आएका छन।पहिलो पटक जिल्लामा चुनाव लडिरहेका थापाले भने पटक– पटक परिक्षण भइसकेकि दुर्गाले यस क्षेत्रमा कुनै काम गर्न नसक्ने दाबी गर्दै आएका छन । उनले आफ्ना अधिकांस चुनावी भेलामा दुर्गा पौडेलकै लाचारीका कारण यस क्षेत्रको विकासले गति लिन नसकेको बताउने गरेका छन । थापाले यस क्षेत्रबाट तेस्रो पटक चुनावमा लडिरहेकि दुर्गाको विगतका कमजोरी खोतल्ने प्रयास गर्ने गरेका छन ।
बुधबार नै प्युठान नगरपालिका – ८ मै चुनावी सभालाई सम्बोधन गर्दै थापाले दुर्गा सबै पालिकाका ६४ वटै वडाका   जनतामाझ घुलमिल नै हुन नसकेको बताए । उनले आफू भोट माग्न मात्रै गफ लगाउने मान्छे नभएको बताए । ‘म नसक्ने काम हुन्छ भन्दै भन्दैन। मैले नसक्ने काम यो गर्दिन्छु त्यो गर्दिन्छु भनेर भोट मागेकै छैन’ उनले भने ‘यहाँ के– के काम गर्नुपर्ने छ मलाई राम्रो संग थाहा छ । म कुन योजना कसरी सुरु गर्ने योजना बनाउँदै छु ।’ उनले आफूले पालिका, प्रदेश सरकार र संघ सरकार संग समन्वय गरेर यस क्षेत्रको समस्या सामाधानका लागि लागिपर्ने बताए । म यस क्षेत्रको विकासका लागि योजना ल्याउनेछु’ उनले भने ‘मलाई तपाईहरु नरोक्नुस् । मलाई जिताउनुस् । मलाई थाहा छ कहाँ के गरेर योजना ल्याउन सकिन्छ ।’
उमेदवार थापाले प्युठानि मतदातालाई आफ्नो सपना बन्दकी नराख्न आग्रह गरेका छन्। ‘उम्मेदवारको पृष्ठभूमि हेरेर मतदान गर्नुहोस्। युवालाई मतदान गर्नुहोस्। तर आफ्नो सपना बन्दकी नराख्नुहोस्’, उनले भने।
कुशल स्पष्ट क्षमतावान र सबैबाट चिनिएको नेता भएकोले पनि उनको क्रेज अहिले यो निर्वाचनमा देखिएको छ। 

सबैको माया पाइरहेको छु –थापा 

सुर्य थापाले सबै उमेर समूहका मतदाताको माया पाइरहेको बताउँछन्। हुन पनि गाउँ-गाउँ जाँदा मतदातामा निक्कै उत्साह देखिन्थ्यो सुर्य पुग्दा। हातमा डायरी र कलम बोकेर कालो कोटमा सजिएर मतदाताकोमा पुगेका थापा भन्छन्,‘मलाई युवाको हौसला र बुबा आमाको आशीर्वाद रहेको छ।’