प्युठान, प्युठानमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन्। माण्डवी गाउँपालिका–४ मा बाढी र पहिरोले घर बगाउँदा उनीहरू बेपत्ता भएका हुन्।
गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीका अनुसार उक्त ठाउँमा तीन वटा घर रहेकोमा अरु भागेर बाँच्न सफल भएका छन्। एक घर भने पूर्ण रूपमा पुरिएको छ।
सोही घरमा चार जना पुरिएका हुन्।
उक्त स्थानमा जाने बाटो अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भइरहेको गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताए।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्