सीता बि.क
प्युठान,नेकपा एमाले पोलिट ब्युरो सदस्य सुर्य थापाले प्युठानको बिकासमा कुन दलले के काम गरे भनेर बहस चलाउन आग्रह गर्नुभएको छ।
प्रेस चौतारी नेपालको आयोजनामा बिजयादशमी,तिहार नेपाल सम्बद पर्वको अबसरमा बिजुवारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले घटनापरक समाचारभन्दा खोजमूलक, सकारात्मक सन्देश प्रवाह गर्ने बिश्वसनिय तथा सन्तुलित समाचारको खडेरी देखिएको भन्दै जिल्लाको बिकासमा कुन दलको भुमिका कस्तो रह्यो भन्ने बिषयमा बहस चलाउन जिल्लाको संचार जगतलाई आग्रह गर्नुभएको हो ।
“समाचारदाताको मूल्याङ्कन गर्ने आधार नै उसले लेखेको समाचार हो”,उहाँले भन्नुभयो“अहिले बिकासको बहानामा बेतिथी बढिरहेको छ,खै सन्चारकर्मी ? परमादेश सरकारले यतिबेला संसद बाट अनुमोदन नभएको बजेट उनका आफ्ना कार्यकर्ता माझ लाई ल्याएको छ।” यस्तो बजेट कदापी कार्यान्वयन हुनुहुदैन कार्यान्वयन हुन बजेट संसद बाट पास हुनुपर्छ, यस्ता बेथिति प्रती जनतालाई सुसूचित गराउने प्रेस जगतको हो।"
जिल्लामा सडकको पहुँच,पर्यटन, खानेपानी,सन्चार,मदन भण्डारी राजमार्ग लगायत बिकासको काम एमालेले गरेको नेता थापाको भनाई छ । ०७० पछि प्युठानमा बिकास बजेट बिगतको तुलनामा बढेको भन्दै जिल्लाको बिकासंग एमाले जोडिएको उल्लेख गर्नुभयो ।
प्रेस चौतारी प्युठानका अध्यक्ष बासुदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा तर्फ प्रस्तावित उम्मेदवार हरि रिजाल ,तुल्सिराम शर्माले हरेक अप्ठ्यारो अवस्थामा पत्रकार जगतले साथ दिएको उल्लेख गर्दै देशमा दिनानुदिन महङ्गिका कारण जनताको ढाड सेकिएकाले यस्तो समस्याको निकासका लागि सञ्चार जगतले भूमिका निभाउनु पर्ने बताउनुभयो ।
सो अवसरमा नेकपा एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्ट,नेपाल पत्रकार महासंघ प्युठानका सचीव प्रकाश बैद्द प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारी ,प्रेस युनियन जिल्ला शाखा प्युठानका शम्सेर बिक्रम जि सि लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्