दीपेन्द्र सुनार
प्युठान,राजनीति तंरगले चर्चामा रहेको साथै राष्ट्रिय जनमोर्चा को किल्ला ठानिएको प्युठान को झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका जिल्ला स्तरका नेता सहित सातजना एमाले प्रवेश गरे संङगै नेकपा मसाल सहित गठबन्धन काङ्ग्रेस लाई समेत धक्का लागेको छ।
झिमरुक गाउँपालिका वार्ड न ७ का राष्ट्रिय जनमोर्चा का जिल्लास्तरका नेता रामचन्द्र भण्डारी सहित सात जना नेताहरू एमाले प्रवेश गरेका हुन।
नेकपा एमालेल्र बिकाश र समृद्धिको काम गरेको र अबको राजनीतिको उज्यालो भबिस्य भनेको एमाले पार्टी मात्र रहेको भन्दै नेकपा मसालका जिल्ला स्तरका नेताहरु सहित सात जना एमाले प्रवेश गरेका हुन।
नवप्रवेशी नेताहरूलाई नेकपा एमाले का केन्द्रिय पोलिट्ब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले अबिर माला र खादा ओडाएर एमाले प्रवेश गराएका हुन।
राष्ट्रिय जनमोर्चामा कयौं दु:ख र वेदनाका झ्ल्काहरु संङ्ग संङर्ष गर्दै गलत नीति र सिद्धांतको सुरुवात भयो। तर पार्टी भित्र आन्तरिक संघर्ष गरेर भएपनी हामीले सच्याउने प्रयास गर्यौ तर हामीले पार्टी लाई जति उज्यालो तर्फ डोर्याउन प्रयास गरेपनी सधैं भरी अध्यारोमा धकेलियो त्यो हामीले महसुस गर्यौ र आज आएर जौ तिल खाएर संङघर्ष गरेको पार्टी एउटा परिधीमा सातफेरो लगाएर समाहित भएको पार्टी परित्याग गरेर देशलाई उज्यालो दिने पार्टी एमाले मा प्रवेश गरेको नवप्रवेशी नेता भण्डारी ले बताए।
त्यस्तै अर्को नवप्रवेशी नेता सुरेन्द्र जि.सी.ले राष्ट्रिय जनमोर्चामा यतिका समय संङघर्ष गरेपनि पार्टीले कुनै पनि मुल्यांकन गर्न नसकेको कारण मसाल सधैका लागी परित्याग गर्दै एमाले प्रवेश गरेको बताएका छ्न।साथै अरु कार्यकर्ताहरूलाई पनि अँध्यारो बाटो छाडेर उज्यालो सुर्य तर्फ गोलबन्द हुन समेत अनुरोध गरेका छ्न।
सो अवसरमा बोल्दै एमाले पोलिटब्युरो सदस्य सुर्य थापाले प्युठान को झिमरुकमा राष्ट्रिय जनमोर्चा ले नेपाली काङ्ग्रेस को बैसाखी टेकेर चुनाव जित्न खोजेपनी त्यो सपना अब पूरा नहुने बताएका छ्न।
पार्टीका जिल्ला इन्चार्ज समेत रहेका थापाले २०४७ सालमा गिरिजाप्रसाद कोइराला प्युठान आउँदा ढुंगामुढा गरेको मसालले आज आएर काङ्ग्रेस को बैसाखी टेकेर चुनाव जित्न खोज्नु काले काले मिलेर खाउ भाले जस्तै उखान भएको बताएका छ्न।
त्यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् प्युठान जिल्ला सहइन्चार्ज हरि प्रसाद रिजालले नेकपा एमाले त्यो पार्टी हो जसले आफन्त नभएर कार्यकर्ताको दक्षताका आधारमा ठाउँ दिएको र आज प्रवेश गर्ने नेताहरूले यति हिम्मत गरेकोमा धन्दयाबाद समेत ब्याक्त गरेका छ्न।
त्यस्तै एमाले झिम्रुक गाउँकमिटी अध्यक्ष इन्द्रमणि पोख्रेलले आगामी निर्वाचन मा झिम्रुकमा सोचेजस्तो नतिजा प्राप्त गरि सुर्यध्वाजाबाहक झन्डा फहराउने बताए।
उनले सबै प्रवेश गर्ने साथीहरुलाई उपर्युक्त जिम्मेवारी दिने समेत बताए।
नेता भण्डारी राष्ट्रिय विभिन्न पार्टीपङ्ती मा रहदै जिल्ला सदस्य र सहइन्चार्ज हुन भने जि.सी. पनि मसालको विभिन्न पदमा काम गर्दै सामाजिक काममा समेत अग्रसर बन्दै आएका छ्न।
प्रतिक्रिया राख्नुहोस्