दलित समुदायको हकहित र सशक्तीकरणको निम्ति प्युठान नगरपालिका प्रतिबद्ध छ : प्रबक्ता श्रेष्ठ 

दलित समुदायको हकहित र सशक्तीकरणको निम्ति प्युठान नगरपालिका प्रतिबद्ध छ : प्रबक्ता श्रेष्ठ 

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका स्तरीय दलित संजाल गठन भएको छ । 
नगरपालिकाका १० वटै वडाबाट प्रतिनिधिहरु सहभागी हुने गरि दलित समुदायको हकहित र सशक्तीकरणको निम्ति प्युठान नगरपालिकामा नगर स्तरीय दलित संजाल गठन गरिएको हो।नगर प्रवक्ता एवं आर्थिक विकास समिति संयोजक सुमन श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रबक्ता श्रेष्ठले नेपालको हरेक परिर्वतनमा दलित समुदायको महत्वपुर्ण भुमिका रहेपनि अझै पनि अधिकार बाट बन्जित रहेको बताउनुभयो ।
अहिले दलित आर्थिक रुपमा सबल हुनको निम्ति आर्थिक क्रान्तिमा समाहित हुन पर्ने र त्यसको निम्ति ब्यबसायिक बन्न पर्ने कुरामा प्रबक्ता श्रेष्ठले जोड दिनु भयो।साथै संजालको आवस्यकता र महत्त्वका बारेमा प्रष्ट पार्दै उहाँले दलित माथि हुने सबै किसिमका विभेद तथा हिंसा अन्त्यका लागि सशक्त रूपमा अगाडि बढ्ने,दलितहरुका हक अधिकारका निम्ति आवाज उठाउने,नगर भित्रका दलितहरुलाई सामाजिक राजनीतिक र आर्थिक रूपमा अग्रसर गराउने यस संजालको महत्त्व रहने उहाँ भनाई छ।त्यस्तै प्युठान नगरपालिका स्तरीय नवगठित दलित संजालको संयोजकमा शुशिला नेपाली चयन हुनु भएको छ।
त्यसै गरि सदस्यहरुमा बासुदेब बिश्वकर्मा.सुमित्रा नेपाली,नम बहादुर कामी,रेनुका सुनार,तेजेन्द्र परियार, कुल बहादुर सुनार,आशा सार्की लगायतका सदस्य चयन हुनु भएको छ।
दलितले गर्दै आइरहेको पेशालाई व्यवसायिकरण गर्नका लागि नीतिगत अवधारणा ल्याउनु पर्ने सहभागीले माग गरेका छन।
नगरपालिका हलमा सम्पन्न कार्यक्रमको सञ्चालन प्यूठान नगरपालिका आर्थिक विकास समितिका सदस्य तथा अधिकृत चन्द्र जि.सि.ले गर्नु भएको थियो