राम बहादुर बिश्वकर्मा
प्युठान,ग्लोबल आइएमई बैंक बिजुवार शाखाले १ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
बैंकले नेपाल राष्ट्रिय माध्यमिक बिध्यालय प्युठान नगरपालिका ४ टारी कक्षा ७ मा अध्ययनरत प्रकृति चौधरीलाई छात्रवृत्ति दिएको हो।
आर्थिक अवस्था कमजोर भएका उनलाई बैंकको सामाजिक उत्तरदायी कार्यक्रम अन्तर्गत जनही १२ हजार प्रदान गरेको शाखा प्रबन्धक दिपेन्द्र के सि बताउनुभयो। बुधबार विद्यार्थीका अभिभावकलाई बिध्यमै बोलाएर रकम हस्तान्तरण गरेको उहाँले बताउनुभयो।
उहाँलाई निरन्तर कक्षा १२ सम्म छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ।
उक्त कार्यक्रममा बोल्दै प्रबन्धक के सि ले देशको आर्थिक तथा सामाजिक विकासमा शिक्षाको योगदानको चर्चा गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कामले समाजलाई प्रत्यक्ष फाइदा पुगेकोे बताउनुभयो ।
उहाँले यस्ता सामाजिक कार्यले बैंकलाई जनतामाझ पुर्याउन सहयोग पुगेको बताउँदै बिपन्न बिध्यर्थिलाई सहयोग गर्न पाएकोमा खुशी समेत व्यक्त गर्नुभयो ।
बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न बर्सेनि यस्ता सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ।
प्रतिक्रिया राख्नुहोस्