राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
प्युठान नगरका बिभिन्न ठाउँबाट नगरपालिकामा सेवाग्राहीहरु आउने तर उहाँहरुलाई सबै जानकारी नहुने हुँदा सेवाग्राहीलाई सहज होस् भनेर नागरिक सहायता कक्ष स्थापना गरिएको नगर प्रबक्ता सुमन श्रेष्ठले बताउनुभयो ।
सेवा लिन आउने सेवाग्राही सबै जानकार नहुने तर उहाँहरुलाई अनिवार्य सेवा दिनुपर्ने भएकाले उहाँहरुको सहजताको लागि नागरिक सहायता कक्षले मद्दत पुर्याउने प्रबक्ता श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो। नागरिक सहायता कक्षमा प्युठान नगरपालिकाको कार्यलयबाट प्रवाह हुने सेवा सुविधा र कार्य सम्पादनको सहजिकरण गरिनेछ । प्रबक्ता श्रेष्ठले भन्नुभयो ।" नागरिक सहायता कक्ष स्थापना भएपछि प्युठान नगरपालिकाको विकट र टाढाका वडाबाट आउने सेवाग्राहीहरुलाई थप सहज हुने आशा गरिएको छ ।"
यस्तै विभिन्न निणर्यलाई प्रभावकारी ढंगबाट कार्यन्वयनमा लैजान आवश्यक सर सल्लाह र सुझाव समेत संकलन गरिने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्