पराेपकारी बासु : विद्यार्थीहरु संग जन्मदिन

सीता बि.क
प्युठान,केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन्।आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरु संग मनाउने गरेको पाइन्छ तर प्युठान नगरपालिका वडा नम्बर ८  निवासी बासु थापा  ले भने आफ्नो जन्मदिन विद्यालयमा मनाउनुभएको छ।प्युठान नगरपालिका–८ मा रहेको आदर्श आधारभूत विद्यालय खप्रेङखोलामा गएर थापाले विद्यार्थी संगै आफ्नो जन्मदिन मनाउनुभएको हो। आफुले उक्त बिध्यालयबाट शिक्षा आरम्भ गरेको हुँदा  बिध्यालय  पुगेर उहाँले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउनुभएको हो।
थापाले भन्नुभयो,“जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यालयमा गएर विद्यार्थीहरु संग मनाउदा राम्रो हुने लागेर विद्यालयमा गएर जन्मदिन मनाएकोहु ।” अन्यत्र फजुल खर्च गर्नुभन्दा विद्यालयमा गएर गएर शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थींहरुमा समेत सकरात्मक प्रभाव पर्ने भएकोले जन्मदिनको अवसरमा विद्यालयमा गएर शैक्षिक सामग्री वितरण गरिएको थापाले बताउनुभयो।
१८४ विद्यार्थीहरुलाई,कापी, कलम र पेन्सिल संगै विद्यालय प्रशासनलाई समेत केहीशैक्षिक सामग्री हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभो ।
थापा युवा व्यवसायी तथा सामाजिक काममा समेत सकृय रहदै आउनुभएको छ।