सीता बि.क
प्युठान,कालिका बिकाश केन्द्र नेपाल प्युठान को अध्यक्षमा पुनः सनत कुमार श्रेष्ठ चयन हुनुभएको छ। शनिबार सम्पन्न संस्थाको ४१ औं साधारण सभा तथा १७ औं अधिबेशनले पुनःश्रेष्ठलाई अध्यक्ष चयन गरेको हो।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा कृष्ण कर्माचार्य,महासचिव सीता श्रेष्ठ,सचिब अनिलकुमार श्रेष्ठ,कोषाध्यक्ष प्रदीप कर्माचार्य लाई चयन गरिएको छ भने सदस्यहरुमा तुकमान कार्की,सरस्वती श्रेष्ठ,नरेन्द्र भण्डारी,पार्वती कक्षपती,निर्मला प्रधान,सर्मीला पन्थी सुनार र बालाजु राजभण्डारी रहनुभएको छ।
सस्था बिशुद्ध सामाजिक सेवामुखी सस्था भएकोले पुनः सबै सङ्ग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष सनत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्