होटल व्यवसायी संघको अध्यक्षमा जुद्द कुवर

राम बहादुर बिश्वकर्मा
प्युठान,होटल व्यवसायी संघ–प्युठानको अध्यक्षमा जुद्द बहादुर कुवर चयन हुनुभएको छ।
आज (शुक्रबार ) बिजुवार मा भएको संघको एघारौं  साधारणसभा तथा पाचौं अधिवेशनले जुद्द बहादुर कुवर को नेतृत्वमा २२ सदस्य चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा डिलाराम सुवेदी,दितिय उपाध्यक्ष भुपेन्द्र श्रेष्ठ, बसन्त प्रसाद भण्डारी उपाध्यक्ष (पर्यटन),महासचिव डिलाराम न्यौपाने,सचिव गिरिराज अधिकारी,कोषाध्यक्ष खेमराज बस्नेत,सह सचीव बसन्त राज पोख्रेल,सह कोषाध्यक्ष सन्जय श्रेष्ठ  चयन भएका हुन ।
  
त्यस्तै सदस्यहरुमा जनक के सि,कमला नकर्मी,चित्र गिरी,तारा योगि,बसन्त श्रेष्ठ,जनक बहादुर के सि,राम चन्द्र भण्डारी,नारायण प्रसाद श्रेष्ठ, रेशम योगि,जगन्नाथ श्रेष्ठ बिष्णु के सि,प्रमोद श्रेष्ठ र रमेश राना रहेका छ्न।
बिजुवारमा सम्पन्न महाधिवेशनले पदाधिकारी सहित सिंगो कार्यसमिति निर्विरोधरुपमा निर्वाचित गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पुर्ब शहरी बिकास मन्त्री हरि रिजालले होटल व्यवसायलाई मर्यादित,स्वच्छ र सफा व्यवसायका रुपमा विकास गर्दै स्तरीयकरणमा जोड दिनुपर्ने बताउनुभयो।
ग्राहक होटलमा प्रवेश गर्दा आमालाई सम्झिने हुनुपर्छ जसरी आमाले बच्चा बच्ची लाई कति मायाका साथ खुवाउछिन त्यसैगरी नै होटल ब्यबासायीले सेवा दिनुपर्ने उहाँको भनाई छ।त्यस्तै प्युठान नगरपालिका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले  पर्यटन प्रर्बर्धनका लागि होटल व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने भएकाले होटल व्यवसायलाई व्यवस्थित र मर्यादित व्यवसायका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । होटलको राम्रो व्यवस्थापन, खाना र बोलीले ग्राहकलाई प्रभाव पार्ने भएकाले हरेक व्यवसायीले यी कुराहरुमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको हो ।
‘पर्यटन प्रवर्धनका लागि होटल व्यवसायको महत्वपूर्ण भूमिका रहन्छ’, नगर प्रमुख कक्षपतिले भन्नुभयो– ‘त्यसका लागि होटल व्यवसायको गुणस्तर सुधारसँगै विकास हुन आवश्यक छ ।’ उहाँले ग्राहकको चाहनाअनुसार होटल क्षेत्रको विकास हुन आवश्यक रहेको भन्दै प्युठानमा होटल विकास र गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पर्यटन व्यवसायका रुपमा रहेको होटल व्यवसायलाई स्वच्छ र सफा व्यवसायका रुपमा विकास गर्न स्वयं व्यवसायीहरुले ध्यान दिनुपर्ने बताएका हुन् ।

साथै आर्थिक र पर्यटन विकासका लागि होटल व्यवसायको महत्वपूर्ण भूमिका रहने भएकाले होटल क्षेत्रको विकासका लागि राज्यले अन्य पूर्वाधारसँगै सडकको अवस्था सुधारमा ध्यान दिनुपर्ने बताएका थिए । जिल्लाको मुख्य बिजुवार बजारमै सडकको अवस्था अत्यन्तै सागुरो र धुलै–धुलो हुँदा त्यसको मार व्यवसायीले खेप्नुपरेको भन्दै सडकको अवस्था सुधारसँगै होटल व्यवसाय सञ्चालनको अवस्था बनाउन व्यवसायीहरुले माग गरेका छन् ।

कार्यक्रममा होटल ब्यबसायी केन्द्रिय महासंघका सचिब चन्द्रलाल न्याउपाने,होटेल ब्यबसायी संघ लुम्बिनी प्रदेशका महासचीव दधिराम सुबेदी,लेखा संयोजक धनेश्वर भण्डारी केन्द्रिय सल्लाहकार शिव पुलामी,होटल ब्यबसायी संघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती, होटल ब्यबसायी संघ लुम्बिनी प्रदेश सदस्य राम कृष्ण भण्डारी पूर्वअध्यक्षहरुको सहभागिता रहेको थियो । 
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गन्ज बहादुर थापाले गर्नुभएको थियो।राज्यको मूल नीति राजनीतिले पर्यटनसँग आर्थिक,सामाजिक र सास्कृतिक क्षेत्रको सम्बन्ध जोडी व्यवसायिकताको प्रर्बद्धन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दै संघका अध्यक्ष गन्ज बहादुर थापाले अधिबेशन सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
साथै नागरिकलाई पर्यटन र व्यवसायिकता बीच संयोजन गरी आर्थिक प्रतिफल निकाल्ने सीप र कौशलले तिखार्नु पर्ने हुन्छ । उहाँले भन्नुभयो-" आन्तरिक उत्पादन र पर्यटन एवं रोजगारी र पर्यटनका लागि कुशल ब्यवस्थापन गर्न लगानी र सीपको आपूर्ति बढाई पर्यटन क्षेत्रबाट मुलुकको बिकास गर्नका लागी राज्यसंग स्पष्ट भिजन ल्याउन जरुरी छ ।"बरिष्ठ उपाध्यक्ष जुद्द बहादुर कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बसन्त भण्डारीले गर्नुभएको थियो।