राम बहादुर बिश्वकर्मा
प्यूठान नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला खुलेको छ ।
अनेरास्ववियु प्यूठानले मुक्ति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक विष्णु पोख्रेललाई प्यूठान नगरपालिकाले विद्यालयमा नियमित अध्यापनमा नखटाई कार्यालयको आन्तरीक कामकाजमा खटाउँदै आएको र हाल शिक्षा शाखा प्रमुखको जिम्मेवारी समेत दिएकाले विद्यालय फर्काउन माग गर्दै माघ २७ गते शिक्षा शाखामा ताला लगाएको थियो ।
बुधबार बसेको प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपति,उपमेयर शान्ता आचार्य, प्रमुख प्रसासकिय अधिकृत महेश कुमार गुरुङ,शिक्षा अधिकृत बासुदेव पण्डित र अनेरास्ववियु का पदाधिकारी बीच भएको निर्णय पूर्णपालना गर्ने लिखित सहमति भएपछि अनेरास्ववियु पक्षले नै आज ताला खोलेको अनेरास्ववियु प्युठानका अध्यक्ष जाल बहादुर के सि ले बताउनुभयो।
शिक्षक पोख्रेललाई बैशाख २ गतेदेखी काज फिर्ता गरि सम्वन्धित विद्यालयमा हाजिर गराउने,नगरपालिका भित्रको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने लगायतका बिषयमा अनेरास्ववियु र नगरपालिकाबीच समन्वय गर्दै जाने भनेर छलफल भएपछि हामीले ताला खुलेका हौँ',अध्यक्ष के सि ले भन्नुभयो,'शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिकसत्र २०७९ को आगाबै अन्तरकृया गर्ने समेत सहमति भएको छ।"

प्रतिक्रिया राख्नुहोस्