एमाले प्युठान नगर कमिटीको अध्यक्षमा खड्काको  सर्वसम्मत

प्युठान,लामो रस्साकस्सीका बीच नेकपा एमाले प्युठान नगरपालिकाको नगर कमिटी सर्वसम्मत घोषणा गरिएको छ ।लामो कसरतका बाबजुत नगर अध्यक्षका दाबेदार लक्षमिप्रकाश राज भण्डारीले दाबी छाडेपछि टन्क बहादुर खड्का निर्विरोध निर्वाचित भएका हुन् ।

खड्काको अध्यक्षतामा घोषणा गरिएको समितिको उपाध्यक्षमा नगरकमिटीको उपाध्यक्षमा धुब्र जिसी, सचिव आकाश भण्डारी,उप-सचिव कमला आचार्य र दिल बहादुर दशौती पनि निर्विरोध निर्वाचित भएका छन् ।मंगलबार बिजुवारमा प्रथम अधिवेशन भएको थियो ।आकांक्षीहरू बढी भएपछि बन्दसत्र सारिएको थियो।खड्काको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी घोषणा गरिएको हो ।