आर्थिक विकासका लागि लघु,घरेलु तथा साना उद्यमी सृजना गर्न आवश्यक :अध्यक्ष राजभण्डारी  

आर्थिक विकासका लागि लघु,घरेलु तथा साना उद्यमी सृजना गर्न आवश्यक :अध्यक्ष राजभण्डारी  

सीता बि.क
प्युठान नगरपालिकाको आयोजनामा वडा नं ४ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। प्युठान नगरपालिका ४ का वडा अध्यक्ष लक्ष्मीप्रकास राजभण्डारीले लघु, घरेलु तथा साना उद्येमी सृजना गर्ने गरी कार्यक्रम सन्चालन हुने बताउनुभयो।
अध्यक्ष राजभण्डारीले लघु घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेको आवश्यकता रहेकाले सीप सिकाएर उद्यमी सृजना गर्ने सँगै दिगो आर्थिक विकास हुने धारणा व्यक्त गर्नुभयो।गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमवाट नगरपालिकामा नयाँ उद्यमि सृजनाका कार्यक्रम निकै प्रभावकारी हुने राजभण्डारीले बताउनुभयो।लघु, घरेलु,तथा साना उद्योगहरू सन्चालन गर्न सीप सिके पश्चात कम लगानीमा घर घरमै उद्योग सन्चालन गर्न सकिने भएकाले उद्यमीको चाहना अनुसार कुशल प्रशिक्षकबाट सीप सिकाई उद्यमी सृजना गर्नुपर्ने उहाँको भनाई छ।गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सन्चालन प्रक्रिया बारेमा जानकारी दिन आयोजित प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि,उद्यमि,कर्मचारी लगायत लाई कार्यक्रम बारे जानकारी दिने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले जानकारी दिनुभयो। वडा स्तरमा सन्चालित घरधुरि सर्वेक्षण, उद्यमशिलता तालिम,सिप विकास तालिम,बजार सन्जाल,बचत परिचालन लगायतका विषय जानकारी गराई प्युठान नगर पालिकामा नयाँ उद्यमी ८० र स्तरोउन्नति ४० गरी १ सय २० उद्यमि यस वर्ष सृजना गर्ने लक्ष्य रहेको  बिश्वकर्माले जानकारी दिनुभयो ।
अभिमुखिकरण कार्यक्रम प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने उद्यम बिकास सहजकर्ता बिन्दु के सि ले मेड्पा कार्यक्रम बारे प्रष्ट पार्नुभएको थियो।