राम बहादुर बिश्वकर्मा
हिन्दूहरूको महान पर्व विजया दशमी शुरू भइसकेको छ । १५ दिन लामो यो पर्वलाई सद्भावको मात्र नभएर असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा समेत मनाइने गरेको छ । यो आस्थाको प्रतीक मात्र नभएर शक्ति, सहिष्णुता, सद्भाव लगायत प्रतिको समर्पण पनि हो । पौराणिक कथाहरूमा दशैं पर्वका अनेकन महिमा छन् ।
यसको धार्मिक आस्था एकातिर छ । धर्मसंगै दशैंजस्ता पर्वलाई वर्षभरी कामको थकानबाट मुक्ति पाउन केही दिन रमाइलो गर्ने पर्वका रूपमा पनि व्याख्या गरेको पाइन्छ । जसले जसरी व्याख्या गरेपनि परापूर्वदेखि मनाइदै आएको यो पर्वलाई राज्यले समेत महत्व दिएको देखिन्छ।
सामाजिक-सांस्कृतिक मेलमिलाप, पारस्परिक सद्भाव, भाइचारा, सहअस्तित्व, बन्धुत्व गरिब दिनदुखिलाई सहयोग र राष्ट्रिय एकतालाई प्रबर्द्धन गर्न सघाउनु अहिलेको आवश्यक्ता हो । दशैंले पनि यिनै सामाजिक भूमिका निर्वाह गर्नुपर्दछ । दशैं नवीन सृजनाका लागि एउटा महत्वपूर्ण अवसर बन्नु पर्दछ र यसले ठूला-साना, हुने-नहुने,धनी-गरिब सबैलाई जीवन उपयोगी ऊर्जा प्रदान गर्न सक्नु पर्दछ ।
बिश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसको विषम परिस्थितिमा रहेको यस बर्षको दशै आफ्नै घरमा बसेर
सबै जनालाई आफुले जे सकिन्छ सोही अनुसार दशैं मनाउन आबश्यक छ ।
‘दशै यस्तो चाड हो जस्मा कुनै निश्चित नियम वा प्रक्रिया पुरा गर्नुपर्छ भन्ने छैन, जस्ले जे गर्न सक्छ त्यसरीनै मनाउन सकिन्छ । यो विशुद्ध पारिवारिक र सास्कृतिक पर्व हो । यसलाई हामीले आफ्नै तरिकाले रमाएर मनाउन सक्छौ । हालको यो विषम परिस्थितिमा बाहिर गएर संक्रमण लाई बढाउने काम पुरै रोक्नुपर्छ । त्यसैले घरमै बसेर सुरक्षित साथ यो वर्षको दशै मनाऔं ।दशैंका मनोरञ्जनका लागि मात्र नभई तथा अन्य अनुत्पादक काममा प्रयोग गर्नु गलत हुन्छ । यसको सट्टा उक्त समयलाई आ-आफ्नो गाउँठाउँको कोरोना नियन्त्रण र अन्य विकासका लागि के गर्न सकिन्छ, कुन कामका लागि कसको के सहयोग जुट्न सक्छ, स्थानीय र बाह्य श्रोतलाई के कसरी परिचालन गर्न सकिन्छ भनेर छलफल चलाउने र प्रभावकारी योजना बनाउने काममा लगाउनु उपयुक्त हुन्छ ।
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीजन, कर्मचारी ,सन्चारकर्मी, पाठक वर्गहरु विज्ञापनदाता एवम शुभचिन्तकहरुलाई यस पटकको दशैंले सबैलाई भलो गरोस !
विजया दशमी २०७७ सालको हार्दिक मंगलमय शुभकामना !
प्रतिक्रिया राख्नुहोस्