बुटवल, मुलुकको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीको हालै सम्पन्नन केन्द्रीय कार्यकारिणी समिति वैठकले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु चयन गरेको छ । साविकको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछि पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लागेको हो ।
नव गठीत केन्द्रीय कार्यकारिणी समितिमा लुम्बिनी प्रदेशबाट रुपन्देहीका सर्वेन्द्रनाथ शुक्ला,बांकेका मोहम्मद इस्तियाक राई,कपिलवस्तुबाट अमृता अग्रहरी र अकबाल अहमत शाह रहेका छन् ।
यस्तै पार्टीको ७ सय २८ जनाको जम्बो केन्द्रीय सदस्यहरुमा रुपन्देहीबाट अजय वर्मा,ओमप्रकाश यादव, यज्ञ पोखरेल, देबेन्द्र पाण्डे सागर, मोहम्मद वकिल मुसलमान, कमल खनाल, विश्वदीप पाण्डे, बोम दर्लामी, मनिकर कार्की,पंकज राई,मनमोहन चौधरी (लुम्बिनी सांस्कृतिक न.पा.का मेयर), राजेन्द्रप्रसाद गुप्ता, निलम यादव, अतिउल्लाह मुसलमान,अब्दुल रहमान खान, किस्मत विक, उमाशंकर यादव,विमल गिरी,बालमुकुन्द त्रिपाठी,विन्देश्वरप्रसाद यादव र मधु सिंह रहेका छन् ।
नवलपरासी पश्चिमबाट जसपाको केन्द्रीय सदस्य चयन भएकाहरुमा चिनक कुर्मी, गोबिन्द चौधरी,अलाउद्दिन अन्सारी,दुर्गाप्रसाद चौधरी,चन्द्रिकादेवी चौधरी,पुरनप्रसाद चौधरी,मुन्नालाल गुप्तातेली,रामवचन अहिर,हैदर अली मोमिन,रुद्रबहादुर गुरुङ,लक्ष्मीनारायण गुप्ता,विरेन्द्र हरिजन,सत्रजित यादव,सुनिता काफ्ले,सुभान अली अन्सारी,सुरेन्द्र पटेल रहेका छन् ।
कपिलवस्तुबाट जसपाको केन्द्रीय सदस्यमा चयन भएकाहरुमा दानबहादुर चौधरी (पुर्व मन्त्री), सहषराम यादव (प्रदेश सांसद),नरसिंह चौधरी, नारायण खनाल,कालिपद शर्मा,विष्णुप्रसाद आचार्य,मंगलप्रसाद गुप्ता,रामवरन यादव,रविदत्त मिश्रा,रविन्द्रनाथ मिश्र,,सन्तराम गुप्ता अग्रहरी रहेका छन् ।
दाङबाट अशोककुमार यादव,पूर्णबहादुर बस्नेत,सोमराज नेपाली,हरि रिजाल तथा रुकुमपुर्वबाट उपेन्द्रलाल कामी जसपाको केन्द्रीय सदस्य भएका छन् ।
बर्दियाबाट जसपाको केन्द्रीय सदस्य चयन भएकाहरुमा उदयसिंह थारु,फिरोज मिश्रा,कृष्णप्रसाद अहिर,केशव यादव,सुरेश शुक्ला,चिरन्जिवीराम थारु,फकला थारु,बालकेष्ण त्रिपाठी,रामकुमार थारु र विजय वर्मा रहेका छन् । बांकेबाट जसपा केन्द्रीय सदस्य भएकाहरुमा राजेश वर्मा, अब्दुल कादिर शेख,बेदप्रसाद आचार्य,विजय गुप्ता,गजाधर सुनार,चुडामणि रेग्मी,बाबु खां,रामकुमार दिक्षित,रामकुमार यादव र हिक्मत विक रहेका छन् । प्युठानबाट कर्णध्वज केसी र घमानसिंह (जी.एस.) गुरुङ, गुल्मीबाट कमला विक र तेजेन्द्र थापा,पाल्पाबाट नवीन सुनुवार र कमला हेमचुरी जसपाको केन्द्रीय सदस्य बनेका छन् । अर्घाखांचीबाट डा. मुक्ति रिजाल,भक्तिप्रसाद आचार्य (राजु नेपाली), खिमबहादुर विक,छन्द पन्थी,गोकर्ण थापा र नवराज लम्साल जसपाको केन्द्रीय सदस्य बनेका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रोल्पाबाट भने जसपाको केन्द्रीय समितिमा प्रतिनिधित्व हुन सकेको छैन । कार्तिक ३ र ४ गते बसेको केन्द्रीय पदाधिकारी वैठकले पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पार्टीको पहिलो बरियतामा राख्दै संघीय परिषद अध्यक्ष बनाएको छ भने महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष तथा अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता चयन भएका छन् । पार्टीको क समूहमा २४ जना र ख समूहमा २२ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य चयन भएका छन् ।
प्रदेश समिति समायोजन कार्तिकभित्र
जनता समाजवादी पार्टी (जसपा)ले समायोजन सहजीकरण कार्यदल तथा कार्यतालिका तयार पारेको छ । गत बैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकिकरण भएर बनेको जसपाले समायोजन प्रक्रिया टुंग्याउन कार्यदल गठन गरेको हो ।
समायोजन सहजीकरणका लागि बनेको कार्यदलमा प्रदेश १ मा परशुराम खापुङ, परशुराम बस्नेत, केशव झा र मनिष सुमन तथा प्रदेश २ मा रामसहायप्रसाद यादव, मृगेन्द्रसिंह यादव, विजय यादव र सुनील रोहित छन् । यस्तै, बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ, वृषेशचन्द्र लाल, अकवाल अहमद शाह र रणध्वज कन्दङ्वा छन् ।
गण्डकीमा हेमराज राई र रमेश यादव, लुम्विनीमा नवराज सुवेदी, ईस्तियाक राई, सर्वेन्द्रनाथ शुक्ल र अमृता अग्रहरी रहेका छन् । कर्णाली प्रदेशमा भक्तबहादुर शाह र गोविन्द चौधरी तथा सुदुरपश्चिम प्रदेशमा दुर्गा सोब, नवराज सुवेदी, राजकुमार लेखी, चन्दा चौधरी र दानबहादुर विश्वकर्मालाई कार्यदलमा राखिएको छ ।
यसैगरी, भातृ तथा जनवर्गीय संगठन समायोजन सहजीकरण कार्यदलमा रकम चेम्जोङ, रामसहायप्रसाद यादव, हिसिला यमी, सुशीला श्रेष्ठ, उमाकान्त झा, वृषेशचन्द्र लाल, केशव झा, मनिस सुमन र दुर्गा सोब छन् ।
गैर भौगोलिक, शिल्पी र दलित विशेष प्रदेश सहजीकरण कार्यदलमा प्रकाश अधिकारी, दानबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्ण र महेन्द्रराय यादव, प्रवेश क्षेत्र विशेष कार्यदलमा हिसिला यमी, रेणुकुमारी यादव र राजकिशोर यादव तथा पहिचानमा आधारित राष्ट्रिय समितिहरू समायोजन कार्यदलमा राजेन्द्र श्रेष्ठ, डमरुबल्लभ खतिवडा, रणध्वज कन्दङ्वा, अरवल अहमद शाह, केशव झा र सुनील रोहित छन् ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले २५ कात्तिकभित्र प्रदेश समायोजनका सम्पूर्ण काम सक्नुपर्ने निर्णय गरेको छ । स्थानीय तहको १५ मंसिर, जिल्ला समन्वय र निर्वाचन क्षेत्र ३० मंसिर र जनवर्गीय संगठन, गैरभौगोलिक शिल्पी लगायतको समायोजन मंसिरमा सम्पन्न गर्नुपर्ने बैठकको निर्णय छ ।
३० विभाग र केन्द्रीय निकायमा को को ?
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले विभिन्न विभागहरूको जिम्मेवारी समेत बाँडफाँट गरेको छ ।
केन्द्रीय सल्लाहकार समिति प्रमुख ः भीमप्रसाद गौतम,केन्द्रीय विज्ञ परिषद् प्रमुख ः डा. पुष्पराज राजकर्णिकार,केन्द्रीय अनुशासन आयोग प्रमुख ः लक्ष्मणलाल कर्ण,केन्द्रीय निर्वाचन आयोग प्रमुख ः अनिलकुमार झा र केन्द्रीय लेखापरिक्षण प्रमुखमा अमरेश नारायण झा चयन भएका छन् ।
यस्तै केन्द्रीय विभागहरूमा १. नीति, योजना तथा कार्य व्यवस्था विभाग प्रमुख ः शरतसिंह भण्डारी, २. अनुशासन, अभिलेख तथा अन्तरप्रदेश समन्वय विभाग प्रमुख ः रामसहायप्रसाद यादव,३. पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुख ः हेमराज राई, ४. अन्तर्राष्ट्रिय (राजनीतिक तथा कुटनीतिक) विभाग प्रमुख ः रकम चेम्जोङ, ५. सूचना, संचार प्रकाशन तथा प्रचार विभाग प्रमुख ः डम्बरु बल्लभ खतिवडा, ६. आर्थिक विभाग प्रमुख ः उमाकान्त झा, ७. संसदीय व्यवस्था विभाग प्रमुख ः अमृता अग्रहरि,८. संघीय मिला विभाग प्रमुख ः वृषेशचन्द्र लाल,९. शहीद तथा बेपत्ता परिवार, घाइते एवम् द्वन्द्व प्रभावित व्यवस्थापन विभाग प्रमुख ः चन्दा चौधरी, १०. सुरक्षा विभाग प्रमुख ः सुनील रोहित,११. उत्पादन तथा स्वरोजगार विभाग प्रमुख ः रमेश यादव, १२. कृषि तथा भूमि व्यवस्था विभाग प्रमुख ः मृगेन्द्रसिंह यादव, १३. वन तथा वातावरण विभाग प्रमुख ः गोविन्द चौधरी, १४. सहकारी तथा गरिबी निवारण विभाग प्रमुख ः निर्चला राउत, १५. मानव अधिकार तथा सामाजिक सेवा विभाग प्रमुख ः सुशीला श्रेष्ठ, १६. भ्रष्टाचार नियन्त्रण तथा सुशासन विभाग प्रमुख ः मनिषकुमार सुमन, १७. आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुख ः अकवाल अहमद शाह, १८. शहरी विकास तथा खानेपानी विभाग प्रमुख ः इस्तियाक राई, १९. प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थपन प्रमुख ः अकवाल अहमद शाह,२०. शिक्षा, विज्ञान तथा प्रविधि विभाग प्रमुख ः रेणुकुमारी यादव,२१. स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख ः युवराज कार्की,२२. पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख ः प्रकाश अधिकारी, २३. राज्य व्यवस्था विभाग प्रमुख ः राजकिशोर यादव, २४. स्थानीय तह परिचालन विभाग प्रमुख ः महेन्द्र राय यादव,२५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था प्रमुख ः सवेन्द्रनाथ शुक्ल,२६. श्रम तथा रोजगार विभाग प्रमुख ः राजकुमार लेखी,२७. संवैधानिक व्यवस्था तथा कानून विभाग प्रमुख ः नवराज सुवेदी,२८. समावेशी विभाग प्रमुख ः हिसिला यमी,२९. आर्थिक नीति तथा योजना विभाग प्रमुख ः प्रशान्त सिंह र ३०. जल तथा प्राकृतिक स्रोत व्यवस्थापन विभाग प्रमुखमा ः रणध्वज कन्दङ्वा चयन भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्