राम बहादुर बिश्वकर्मा
प्युठान ,तपाई मास्क नलगाई हिड्नु भएको छ भने होसियार ! अब यसो हो भने प्युठान प्रशासनले तपाईलाई ठाउँको ठाउँ एकसय रुपैयाँ जरीवाना सहितको कारवाही गर्नेछ ।
लक डाउन खुलेको मौका पारी असुरक्षित ढंगले शहर–बजारमा आवतजावत बढ्न गइ मानवीय भीड नियन्त्रण गर्न कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले बिहिवार बाटै जरिवाना सहितको कारवाही थालेको छ। प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले कोरोना संक्रमणको त्रास कम गर्न तथा मान्छेमा हराउँदै गएको स्वास्थ्य सम्बेनशीलतालाई पुर्नजागृत गर्न यस्तो निर्णयमा पुगेको जानकारी दिनुभयो ।
दिनानुदिन कोरोना संक्रण बढ्दै जादा पनि मान्छेले आफ्नो सुरक्षाका लागि आफैं सजगता अपनाउनुपर्नेमा सुरक्षा सम्बेदनशिलतालाई कुल्चन थालेको भन्दै यस्तो निर्णय गर्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाई छ।
मङ्गलवार बाटै एक्सन थालि सकेका छौं जिल्ला प्रहरी प्रमुख नरेन्द्र कुमार कार्किले भन्नुभयो ।-"मास्क नलगाई हिड्नेलाई जनही सय रुपैयाँ जरीवानासहित भौतिक दुरी कायम गरेर हिड्ने र व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायबारे जानकारी दिन ठाउँको ठाउँ उभ्याउने सहितका जन कारबाहीलाई प्रहरीले अघि बढाउने भएको छ । उहाँले भन्नुभयो-" आजैमात्र ३८ जना कार्बाही गरिएको छ पहिलो चरणमा तपाईंको मास्क खै , दोस्रोमा १ सय रुपैयाँ जरिबाना गरि राजस्व दाखिला तेस्रो चरणमा १ सय जरिवाना सहित एक महिना जेल सजायको ब्यबस्था छ।
उहाँले जरिवाना सहितको कारबाही अघि बढाउन मातहतका सबै प्रहरी इकाईलाई निर्देशन दिई सकिएको जानकारी दिनुभयो । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई मास्कको प्रयोग अनिवार्य गराउन निर्देशनात्मक परिपत्र जारी गरेको थियो । परिपत्रमा मास्क प्रयोग नगर्ने विरुद्ध कडा रुपमा प्रस्तुत् हुन भनिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्