प्युठानमा पनि देखियो सलह

प्युठान । शनिबार प्रदेश ५ को रुपन्देहीमा देखिएको सलह किरा प्युठानमा पनि देखा परेको छ । भारतीय सीमा क्षेत्रमा देखिदै आएका सलह प्युठान पसेका हुन् । आईतबार बिहान प्युठानको सरुमारानी गाउपालिका वडा नंवर १ बाङ्गेसाल क्षेत्रमा सलह देखिएको हो ।
सरुमारानी गाउँपालिकाकी कृषि शाखा प्रमुख चम्पा पाण्डेले एक हुन सलह कीरा आएको बताईन । स्थानीयले खबर गरेपछि ती कीरा हेर्ने र सबै कीरा सलह हो होइन अनुसन्धान गर्न कृषि बिज्ञको टोलि सो क्षेत्रमा जान थालेको उनले बताईन ।‘एकहुल सलह किरा आएको छ भन्ने जानकारी पाएका छौ,’उनले भनिन,‘हामी त्यस्को अनुसन्धानमै छौ ।’उनले कति संख्यामा आएको छ भन्ने एकिन गरेपछि रोकथामको योजना बनाउने बताईन । ‘उनले भनिन, ‘क्षतिबाट बचाउने उपाय अपनाउने छौं ।’स्थानियले ६/७ हजारको संख्यामा सलह देखिएको र मकै बालिमा क्षती पुर्याएको जानकारी दिए। किसानहरु आएर सलह भगाउने कोशिस गरेको उनिहरुले बताए।
बाङ्गेसाल क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले गाउपालिका कृषि शाखाहरुलाई खबर गरेका थिए ।