८२ बर्षिय आमाको आशीर्वाद र सहिदको सम्मानसहित सूर्य थापाको मनोनयन यात्रा

८२ बर्षिय आमाको आशीर्वाद र सहिदको सम्मानसहित सूर्य थापाको मनोनयन यात्रा

सिता बि.क 
प्यूठान,आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले आफ्नै आमाको ८२ वर्षीया आशीर्वाद लिएर मनोनयन दर्ता गर्नु भएको छ,एक यस्तो परम्परा जसले परिवार र संस्कारको मूल्यलाई चुनावी प्रतिस्पर्धामा पनि जीवित राखेको छ।
थापाले आफ्नो यात्रा प्यूठान नगरपालिका वडा नम्बर ७ गाजुरीस्थित सहिद स्मृति पार्कबाट सुरु गर्नुभयो। यहाँ निर्माण गरिएको सहिदहरुको सपना पूरा गर्ने प्रतिबद्धता सहितको सालिकमा फूलमाला र टीका अर्पण गर्नुहुन्छ।वर्षौंदेखि गाउँको मुख्य सडकको माथि तर्फ  उभिएको यो सालिक,स्थानीय बासिन्दाका लागि केवल धातुको ढाँचा मात्र होइन,देश र समुदायप्रति कर्तव्य र सम्मानको प्रतीक हो।
सूर्य थापाले सालिकमा श्रद्धा अर्पण गरेपछि,स्थानीयहरूले पनि उनलाई न्यानो स्वागत गरे।“हाम्रो सहिदहरुको योगदान हामीले कहिल्यै भुल्नुहुँदैन,”उहाँले भन्नुभयो।थापाले आफ्नो आमाको आशिर्वाद,सहिदको सम्मान र समुदायसँगको प्रत्यक्ष संवादलाई चुनावी अभियानको मूल आधार बनाउनु भएको छ।
प्यूठान जिल्लामा एकमात्र निर्वाचन क्षेत्रमा हाल १४ जनाले उम्मेदवारी दर्ता गरिसकेका छन्।यसै बीच,सूर्य थापाको यो विशेष यात्रा राजनीति मात्र नभई सामाजिक,सांस्कृतिक र मानवीय मूल्यको सन्देश पनि वाहक बनेको छ।
थापाले यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा ५ दलिय गठबन्धनलाई परास्त गर्दै विजयी हासिल गर्नुभएको थियो।