बाल विद्याको वार्षिक सामाजिक परीक्षण र  प्रतिभाशाली विद्यार्थी सम्मान सम्पन्न

बाल विद्याको वार्षिक सामाजिक परीक्षण र  प्रतिभाशाली विद्यार्थी सम्मान सम्पन्न

राम बहादुर बिश्वकर्मा
प्युठान,बाल विद्या माध्यमिक विद्यालय प्युठान नगरपालिका–९ मरन्ठाना मजुवामा अभिभावक दिवस,सामाजिक परीक्षण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। 
शिक्षक अभिभावक संघका अध्यक्ष नर बहादुर बिष्टको अध्यक्षता तथा प्युठान नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विकास के.सी.को प्रमुख आतिथ्यतामामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
संघका अध्यक्ष नर बहादुर बिष्टले
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष नर बहादुर बिष्टले शैक्षिक सत्र २०८१ मा सम्पन्न भएका कार्यक्रमहरू र प्राप्त उपलब्धिहरूको विश्लेषण प्रस्तुत गर्दै विद्यालयले सञ्चालन गरेका कार्यक्रम,चुनौती र उपलब्धिहरू समेटिएको प्रतिवेदन सार्वजनिक गर्नुभयो।उहाँले विद्यालयले प्रतिवर्ष विद्यार्थीहरूको सिकाइ उपलब्धि परीक्षण,पठन–पाठनमा सुधार र सामुदायिक साझेदारी बढाउने प्रयासलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो।
यसैबीच शैक्षिकसत्र सत्र २०७८ देखि २०८१ सम्म कक्षा १ देखि १० सम्मका उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई बिध्यालयमा स्थापना गरिएका अध्यक्षकोषमा जम्मा भएको रकमबाट प्राप्त ब्याज पुरस्कार स्वरुप नगद र प्रमाणपत्र  प्रदान गरिएको थियो।यस कदमलाई विद्यार्थीहरूका अभिभावक र शिक्षकहरूले खुशी व्यक्त गर्दै विद्यालयको प्रेरणादायी कामको सराहना गर्नुभयो।
यसले विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह र प्रतिस्पर्धी भावना जागृत भएको जनाइएको छ।
विद्यालयमा स्थापित अक्षकोषको विस्तारमा योगदान पुर्‍याउने दाताहरू बिध्यालयका पुर्ब प्र.अ गणेशमान के.सी.,बोम बहादुर भण्डारी,दिन बहादुर भण्डारी,बलभद्र के.सी.लगायतलाई सम्मान गरिएको थियो। 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेहरसिंह के.सी.ले “शिक्षाका लागि खर्च नभई लगानी हो”भन्दै दाताहरूको योगदानप्रति आभार प्रकट गर्नुभयो।
विद्यालयको प्रगति केवल शिक्षकहरूको प्रयासले मात्र सम्भव हुँदैन। समुदाय र अभिभावकहरू सक्रिय भएर जुटेमा मात्र शैक्षिक क्षेत्र रूपान्तरित हुन्छ।”उहाँ ले भन्नुभयो। उहाँका अनुसार,विद्यालयको प्रगति केवल शिक्षकहरूको प्रयासले मात्र सम्भव हुँदैन। समुदाय र अभिभावकहरू सक्रिय भएर जुटेमा मात्र शैक्षिक क्षेत्र रूपान्तरित हुन्छ।”जुन उद्देश्यले 
मरन्ठाना क्षेत्रकै एक मात्र माध्यमिक विद्यालय स्थापना गर्ने अग्रजहरूको योगदान स्मरण गर्दै आगामी पौष २ गते भव्य समारोहबीच विद्यालयको वार्षिकोत्सव मनाउने निर्णय भएको छ।
विद्यालयका प्रधानाध्यापक केशु गिरीले स्वागत मन्तव्य राख्दै विद्यालयको भौतिक,शैक्षिक र व्यवस्थापकीय अवस्थाबारे विस्तृत जानकारी दिनुभएको कार्यक्रमको सञ्चालन शिक्षक रमेश गिरीले गर्नुभएको थियो।
सामाजिक परीक्षण तथा मूल्यांकनमार्फत विद्यालयको शैक्षिक गुणस्तर,व्यवस्थापन,समुदाय–अभिभावक–विद्यालयबीचको सम्बन्ध र उत्तरदायित्व वृद्धि गर्ने उद्देश्य राखिएको कार्यक्रममा प्युठान नगरपालिका–१० का वडा अध्यक्ष लोक बहादुर के.सी., पूर्व अध्यक्ष टेकुलाल गिरी,डोर बहादुर जी.सी., पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समिति, अक्षकोष दाताहरू,अभिभावक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।