सामाजिक सेवामा समर्पित कालिका विकास केन्द्रको ४३ वर्ष पूरा

सामाजिक सेवामा समर्पित कालिका विकास केन्द्रको ४३ वर्ष पूरा

राम बहादुर बिश्वकर्मा
प्यूठान,कालिका विकास केन्द्र नेपाल बिजुवार प्युठानको ४३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सस्थाका अध्यक्ष सनत श्रेष्ठको अध्यक्षतामा तथा उच्च अदालतका पूर्व मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।
शनिबार सस्थाको सभा हलमा आयोजित कार्यक्रममा समाजिक र आर्थिक क्षेत्रमा संस्थाको सक्रियता र भविष्यका योजनामा जोड दिएको छ।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रमेश प्रसाद राजभण्डारीले द्वन्दकालदेखि नै समाजमा प्रभावकारी योगदान पुर्याइरहेको उक्त सस्थालाई अझ योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिनुभयो।उहाँका अनुसार"अबको समयमा शिक्षा, स्वास्थ्य,बालबालिका र बुढापाकाका सेवामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।"
सस्थाका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद राजभण्डारीको सन्चालन,कार्यसमिति सदस्य तुकमान सिह कार्किको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा सस्थाका  महासचिव सीता श्रेष्ठले वर्षभरिका विकास कार्यहरू प्रस्तुत गर्दै आगामी वर्षका लागि नयाँ योजना र सामाजिक सेवा क्षेत्रमा निरन्तर योगदान पुर्याउने लक्ष्य राखिएको बताउनुभयो। यसैगरी कोषाध्यक्ष प्रदीप कर्मचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।कार्यक्रमको समापन गर्दै सस्थाका अध्यक्ष सनत श्रेष्ठले सबैको प्रयासले नै कालिका विकास केन्द्रलाई एउटा प्रभावशाली सामाजिक संस्थामा परिणत गरेको  बताउनुभयो।उहाँका अनुसार यसलाई अझ उत्कृष्ट बनाउन हामी सबैको योगदान आवश्यक छ।”
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने सामाजिक परिचालक शिवा रेग्मिलाई प्रमाणपत्र र पुरस्कृत गरिएको छ। कार्यक्रममा सस्थापक अध्यक्ष लक्ष्मिप्रकाश राजभण्डारी,पुर्ब अध्यक्ष भगत कर्मचार्य,पुर्ब अध्यक्ष यादव भण्डारी,पुर्ब कार्यकारी निर्देशक पशुपतीलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
२०३९ सालमा स्थापना भएको उक्त संस्थाले प्यूठान जिल्लामा शिक्षा,मानसिक स्वास्थ्य र जीविकोपार्जनका क्षेत्रहरूमा सक्रिय रूपमा काम गर्दै आएको छ।
यसैबीच सस्थाका पुर्ब अध्यक्ष स्व:श्रीप्रसाद प्रधानको सम्झनामा तस्बिरमा फुलमाला सहित श्रद्धासुमन अर्पण गरिएको थियो।