मृगौला पीडित सुनारको उपचारमा आर्थिक सहयोग गरिदिन श्रीमति लक्ष्मीको याचना 

मृगौला पीडित सुनारको उपचारमा आर्थिक सहयोग गरिदिन श्रीमति लक्ष्मीको याचना 

राम बहादुर बिश्वकर्मा 
प्युठान,मृगौला पीडित एक परिवारले उपचारमा सहयोग गरिदिन सवैसँग आग्रह गरेको छ।
प्युठान नगरपालिका-९ मरन्ठाना गुरिगाउँ घर भैई हाल घोराही उपमहानगरपालिकामा बस्दै आएका ३४ बर्षीय पप्पु सुनार करिव ४ बर्षदेखि मृगौला रोगबाट पीडित भएको र आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाई भएकाले उपचारमा सहयोग गरिदिन सवैसँग आग्रह गरेका हुन्।
घरको सामन्य अवस्था भएको र उपचारका लागि सहयोग माग्दामाग्दै करिव १० लाख रुपैया ऋण लागिसकेकाले उपचारमा कठिनाई भएको भन्दै श्रीमती लक्ष्मी सुनारले श्रीमानको उपचारका लागि सहयोग गरिदिन संघसस्था तथा सहयोगीव्यक्तिहरुलाई आग्रह गरेकी हुन्।श्रीमानको डायलाईसिस गर्न हप्तामा २ पटक राप्ती प्रादेशिक अस्पतालमा जानुपर्ने बाध्यता भएको हुँदा जाँदा आउँदा तथा औषधि किन्न पैसा अभाव हुँदै आएको छ।

तस्बिर :यी हुन जीवन मृत्युको दोसाँधमा रहेका पप्पु सुनार 


'घरको कमजोर अवस्था कारण उपचारमा समस्या भएको छ । एक हप्तामा दश हजार रुपैया खर्च हुने गर्दछ',श्रीमती लक्ष्मिले भनिन्,'तर घरमा कमाउने कोही हुनुहुन्न उपचार के गरी गर्ने हो भन्ने चिन्ताले सताएको छ।उपचारमा धेरै खर्च हुने भएकाले सहयोग गरिदिन आग्रह गर्दछु ।'
भारतको लखनौमा उपचार भएको भन्दै उनले अहिले घोराहीमा राप्ती प्रादेशिक अस्पतालमा मृगौलाको नियमित रुपमा डायलाईसिस गर्दै आएका छन्।पैसा नहुँदा श्रीमानलाई डायलासिस गर्न अस्पताल सम्म लग्न समेत समस्या हुने गरेको श्रीमती लक्ष्मिले बताइन ।
'अस्पताल लग्न,औषधी किन्नलगायत गर्दा एक पटकमा पाँच हजार सकिन्छ । हप्तामा तीन पटक डायलाईसिस गर्नुपर्ने हुन्छ', उनले भनिन्, 'तर उपचार गर्दागर्दै कहिलेकाही अटोमा अस्पताल लग्ने पैसासम्म हुन्न।' 
श्रीमानलाई आफ्नै मिर्गौला दिएर बचाउन चाहेपनि आर्थिक अभावका कारण पिडाबोध भएको छ अब कसरी बचाउने हो”उनले भनिन्।मृगौला प्रत्यारोपणका लागि ८ देखि १० लाख रकम खर्च लाग्ने भएकाले शुभेच्छुकसँग सहयोग माग्नुपर्ने अवस्था आएको लक्ष्मिले बताइन।
मृगौला पिडित बि.क २ छोरी र एक छोरा छन्।
सहयोगका लागि ज्योती बिकास बैंक लि.
JYOTI BIKASH BAINK L.T.D खाता-02501300425614000001 मोबाइल 9842409543 मा सम्पर्क गर्न समेत आग्रह गरेकी छिन् ।