सिता बि.क
प्युठान,महिला सशक्तिकरणलाई मूल प्राथमिकता दिदै सरुमारानी गाउँपालिकामा तीज गित प्रतियोगिता सम्पन्न भएको छ ।
महिलाहरुको महान पर्व हरितालिका तिज २०८२ को अवसरमा बिहिवार सरुमारानी गाउँपालिकाको आयोजनामा तीज गित प्रतियोगीता सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले मौलिक संस्कृतिको जर्गेना गर्ने,आत्मियता,एकता र सामाजिक बन्धनको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयेजना गरिएको बताउनुभयो।
यस्ता प्रतियोगिताले महिला सशक्तिकरणसँगै संस्कार संस्कृति र चाडपर्वलाई संरक्षण गर्न महिलाको भुमिका महत्वपुर्ण हुने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथी तथा पालिका अध्यक्ष बिश्वकर्माले अझै महिला दिदिबहिनिहरु शसक्त ढंगले लाग्नुपर्ने बताउदै गीतका माध्यमबाट महिलाहरुले प्रस्तुत गरेका भावनाहरुले महिलाहरुलाई जागरण गराएको बताउनुभयो। उहाँले पटकपटक अरुलाई लडेका महिलाहरु अब आफ्नो हकहितका लागी लड्नु पर्ने बताउनुभयो।
उहाँका अनुसार गाउँपालिकाको नीति बजेट तथा कार्यक्रममा नै महिला सशक्तिकरण विषयलाई समावेश गरिएको र विकासमा पनि महिलाको सहभागीता हुनुपर्छ भन्ने व्यवस्था रहेकोले सोही विषयलाई बढाउन बर्षनी यस्ता प्रतियोगीता सन्चालन गरिदै आएको छ।
कार्यक्रममा विशिष्ट अतिथि बसन्ता खड्काले हिजोका संस्कृति झल्किने खालका साँस्कृतिक कार्यक्रम महिलाहरुले देखाएको बताउनुभयो । आधा आकाश ढाकेका महिलाहरुको विभिन्न कालखण्डमा ठुलो योग्दान रहेको उल्लेख गर्नुभयो। गाउँपालिकाका दिदिबहिनीहरुको उपस्थितिले निकै खुशी लागेको उल्लेख गर्दै उहाँले सबै क्षेत्रमा महिलाहरुको सक्रिय सहभागीता हुनुपर्ने बताउनुभयो।
सबैले हातेमालो गरी विभिन्न बिभेदको अन्त्य गर्नुपर्ने उहाँको धारणा छ।
सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रवक्ता चिन्त सोमैले संस्कृतिको जगेर्नाका लागी यस्ता खाले कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
साँस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपुर्ण सरुमारानी गाउँपालिकाको प्रचार प्रसार गर्न लोकगीत र लोक संस्कृतिले सहयोग गर्ने बताउनुभयो।उहाँले अब महिलाहरुले निराशावादी मात्र नभई आत्मनिर्भरता,स्वरोजगार र पर्यटन प्रवर्दनका लागी गीत गाउनुपर्ने बताउनुभयो।
प्रतियागितामा सहभागीहरुले सामाजमा महिला उत्पिड्न,भ्रष्टाचार,वैदेशिक रोजगारी,महिला हिंसा तथा यहाँको रहनसहन झल्किने विषयवस्तुमा गित तथा नृत्य प्रस्तुत गरेका थिए । यस्तै हरितालिका तिजको महत्व,नारी जागरण,संस्कृति संरक्षण र भित्रिएको आधुनिकताले सामाजमा पारेको प्रभावको झल्को दिने विषयवस्तुमा सहभागिहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
पालिकाको सभाहलमा सम्पन्न प्रतियोगितामा वडा नम्बर १,२,३ र ४ बाट १० वटा समुहको सहभागीता रहेको थियो।
प्रतियोगितामा एकजुट महिला दिदिबहिनी महिला समूह वडा नम्बर २ दर्भानले प्रथम स्थान हासिल गरेको छ।गाहा चौपारी स्वास्थ्य आमा समुह वडा नम्बर ३ द्वितीय,निलोकन आमा समुह वडा नम्बर २ दर्भान तृतिय भएका थिए। विजेता समुहहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु १५,००० र प्रमाणपत्र,द्धितियलाई नगद रु १२,००० र प्रमाणपत्र,तृतिय हुनेलाई नगद रु ९,००० र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रम संयोजन गरेको सरुमारानी महिला बिकास समिती संयोजक शुसिला केएमले आफुभित्र भएको प्रतिभालाई बाहिर ल्यान यस्ता कार्यक्रम कोशेढुङ्गा सावित भएको दाबी गर्नुभयो।
कला सस्कृती प्रवर्द्धन समिती संयोजक शान्ता बिष्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन पत्रकार सिता बि.क ले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्