प्युठान,नेपाल सरकार संघीय मन्त्रालय अन्तर्गत आ.ब. २०८२/८३ मा प्युठान नगरपालिकामा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीको पहल र सिफारिशमा छनौट गरिएका योजनाहरु सार्वजनिक गरेको छ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीको सचिबालयको आधिकारिक फेसबुक पेजबाट प्रतिनिधि सभा सदस्य थापाको पहल तथा सिफारिसमा छनोट गरिएका योजना तथा बजेट सार्वजनिक गरिएको हो।
यस्ता छन् आर्कषणका कार्यक्रमहरू
जस अनुसार प्युठान,बिजुवार टारी ढुंगेठाँटी रोल्पा सडक - ३ करोड भुस्वाङ पहिरो नियन्त्रण प्युठान नगरपालिका - ९ र १० -३ करोड,औद्योगिक प्रदर्शनी स्थल निर्माण प्युठान नगरपालिका-७-३ करोड,गेजबाङदेखि गुरीगाउँ जोड्ने झोलुङ्गे पुल - ३ करोड,प्युठान नगरपालिका वडा नं. -७ थानापाती - औनाखोला-सानीजरुवा -ढाँडचौर-डाँडागाउँ-औनाखोला सडक स्तरोन्नति-३ करोड,प्युठान नगरपालिका वडा नं.- ३ स्थित साँढेखोला - सशस्त्र प्रहरी बल - बतासेडाँडा -ओखरबोट हुदै रोल्पा जोड्ने सडक स्तरोन्नति -३ करोड,प्युठान जिल्ला प्यूठान नगरपालिका वडा नं.- १ बाग्दुला पुल्चोक -बिजुवार सहरी सडक विस्तार - ३ करोड,प्युठान नगरपालिका बडा नं ८ मा पर्ने चौतारा दम्ती भेडाबारीदेखि तिखाचुली सम्मको सडक स्तरोन्नति - ३ करोड,बृहत बिजुवार प्युठान खानेपानी आयोजना, बिजुवार, प्युठान-३ करोड (२३ करोड मध्येबाट),गेजबाङ, टाकुरा, रज्यान सडक स्तरोन्नति. प्युठान नगरपालिका -८, प्युठान - १ करोड ५० लाख (३ करोड मध्येबाट),बेलुवा - बिजुवार-दम्ती-कुटीचौर (मदन भण्डारी राजमार्गको लिंक रोडका रुपमा विकास गर्ने) - १ करोड ५० लाख (३ करोड मध्येबाट),विजयनगर-सेपुङ-ओखरबोट सडक-१ करोड ५० लाख (३ करोड मध्येबाट),चेरनेटा-सोत्रे-सारी-रोल्पा सडक -१ करोड ५० लाख (३ करोड मध्येबाट),दम्ती-अँधेरी सडक - १ करोड ५० लाख (३ करोड मध्येबाट),बेलुवा बिजुवार दम्ती कुटीचौर सडक -१ करोड ५० लाख (३ करोड मध्येबाट),शहरी बिकास तथा एकीकृत शहरी पूर्वाधार बिकास - प्युठान नगरपालिका -१ करोड,प्युठान नगरपालिका वडा नं. - १ क्वाडी लिंक रोड सडक स्तरोन्नति कार्य - ७० लाख, प्युठान नगरपालिका वडा नं. - १ खैरा सतमुनी सडक स्तरोन्नति - ७० लाख,सिख्रेखोला ५ झोलुङ्गे पुल, डाँग्रेखोला ५ झोलुङ्गे पुल, कुनापाली ठूलोगाउँ झोलुङ्गे पुल प्युठान नगरपालिका-५५ लाख, झिमुरक नदीमा पुल, दाखाक्वाडी - खैरा, प्युठान - १ लाख बजेट बिनियोजन भएको छ।
प्रतिक्रिया राख्नुहोस्