सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको सीप विकास तालिमकाे समापन गर्दै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)अन्तर्गत सरुमानी गाउँपालिकाले सञ्चालन गरेको एक महिने ड्राइभिङ तथा हाउस वारिङ्ग सम्बन्धि सीप बिकास तालिम आइतबार छुट्टाछुट्टै समापन गर्दै सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो।
तस्बिर :तालिम प्रशिक्षार्थीलाई प्रमाणपत्र पत्र प्रदान गर्दै उद्यम बिकास सहकर्ता सीता बि.क
सरुमारनी गाउँपालिकाको वडा नं २ दर्भानमा १ महिने हाउस वाइरिङ्ग र भालुबाङमा संचालित ड्राइभिङ सम्बन्धि सीप बिकास तालिमका सहभागीहरुलाई उद्यम बिकास सहजकर्ता सीता बि.क ले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो।
उद्यम बिकास सहजकर्ता बि.क ले तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै गाउँपालिकाको समृद्धि,रोजगारीको सिर्जना र आत्मनिर्भरमा यस्ता सीपमूलक तालिमहरूले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो।‘‘आजको युगमा रोजगारीको परिभाषा फेरिँदै गएको छ,हामी आफैंले साना उद्यमहरू सुरु गर्न सके आत्मनिर्भर बन्न सक्छौं,ड्राइभिङ र हाउस वाइरिङ्ग जस्ता तालिमले युवाहरूलाई जीवन उपयोगी सीप प्राप्त हुँदै आत्मनिर्भर बन्न सकिन्छ उहाँले भन्नुभयो।
सिकेको सीपलाई व्यहारमा उतारेर स्वाबलम्बी बन्न आग्रह गर्दै उहाँले सिकेको सीपलाई प्रयोग गर्दै सीपयुक्त जनशक्ति बन्न तालिममा सहभागीहरुलाई शुभकामना समेत दिनुभयो।
हाउस वायरिङ सम्बन्धि सीप बिकास तालिमको सहजीकरण बेलसिङ गुरुङ ले गर्नुभएको थियो भने ड्राइभिङ्ग सम्बन्धि सीप बिकास तालिमको सहजीकरण विवेक कार्की ले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्