राष्ट्रिय युवा संघ नेपाल प्युठानको अध्यक्ष बने महेश पाण्डे 

सीता बि.क
प्युठान,नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ,नेपाल जिल्ला कमिटीमा नयाँ नेतृत्व आएको छ।संघको ११ औं अधिवेशनले महेश पाण्डेको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको आयोजकले जनाएको छ ।
सोमबार उमेश स्मृति प्रतिष्ठान भवन,बिजुवारमा सम्पन्न भएको अधिबेशनले उपाध्यक्षमा किरण पन्थी,सचिवमा सिताराम भट्टराई,सहसचिव साजन के.सी,सहसचिव गणेश राना र कोषाध्यक्षमा सन्दिप के.सी रहेका छन्।
सोही अवसरमा बोल्दै प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज  सुर्य थापाले एमालेलाई बलियो बनाउने मुख्य खम्बा युवा संघ भएको बताउनुभयो। पार्टीलाई चलायमान र सुदृढ बनाउनका लागि युवा संघको भूमिका अतुलनीय रहकाले सक्षम नेतृत्व आउन जरुरी रहेको उहाँले बताउनुभयो।युवा संघले व्यक्तित्व विकास मात्र नभई नेतृत्व विकास समेत गर्ने हुँदासंघमा युवाहरु बढी आकर्षित भएको उहाँले तर्क गर्नुभयो।
लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गरी मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा लैजान युवाहरुको सहभागिता अपरिहार्य रहने बताउनुभयो। 
नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्टले प्युठान जिल्ला युवा संघको पकड क्षेत्र भएको बताउनुभयो। युवा संघमा आउने हजारौँ युवाहरु क्षमतावान भएको दावी गर्दै बिष्टले युवा संघबाट नेता जन्मिने बताउनुभयो।