सीता बि.क
प्युठान,हंसपुरमा बुटिक तालिम सुरु भएको छ। गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम(MEDPA)अन्तर्गत सरुमारानी गाउँपालिकाले महिला हरुलाई उद्यमी बनाउने उदेश्य सहित सो तालिम दिएको हो।
वडा नम्बर ३ को हंसपुर कोटघर डाडामा १ महिने सो तालिमको उद्घाटन गर्दै कार्यपालिका सदस्य आशा बि.क ले सीप सिकेर जिबनमा आर्थिक स्रोतको माध्यम बनाउनु पर्ने बताउनुभयो।
महिलाहरुले सिकेका सिपलाई व्यवहारमा उतार्ने गरि ध्यान पुर्वक सिक्न आग्रह गर्नु भयो।
साथै गाउँपालिकाले बर्षनि महिलाहरुलाई सीप सिकाएर उद्यमी बनाएको बताउनुभयो।
महिलाहरू सीप सिकेर आत्मनिर्भर बन्न सके कसैको सहारा आवश्यक नपर्ने उहाँको भनाइ छ।
उद्यम बिकास सहजकर्ता सीता बि.क ले ३ नं हंसपुरका महिलाहरुलाई आर्थिक रुपले समृद्ध पार्नका लागि बुटिक सिप मुलक तालिमको आयोजना गरिएको बताउनुभयो । वडा भित्रका सबै समुदायका महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउन तालिमको आयोजना गरिएको उहाँले जानकारी दिनु भयो।
१ महिना सम्म चल्ने बुटिक सम्बन्धि सीप बिकास तालिमको प्रशिक्षण प्रतिमा गुरुङले गर्नुहुने छ।
सरुमारानी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य मनिसा गुरुङ्गको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको सन्चालन उद्यम बिकास सहजकर्ता सीता बि.क ले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्