किमिचौर दहमा छायांकन गरिएको गीत सार्वजनिक

प्युठान,प्युठान जिल्लाको सरुमारानी गाउँपालिका–६ बुढिचौरस्थित धार्मिक तथा पर्यटकीय स्थल किमिचौर दहमा छायांकन गरिएको “सरुमारानी किमिचौर दह” शीर्षकको गीत सार्वजनिक गरिएको छ।
चित्र अबिरलको शब्द, लय र स्वरमा तयार भएको गीतमा चित्र लछमीले स्वर साथ दिएकी छन्। राज बाबूको नृत्य निर्देशनमा निर्माण गरिएको भिडियोमा सितल केसी,ममता गिरि र वडाध्यक्ष तील बहादुर बुढाको अभिनय देख्न सकिन्छ।
छायांकन सुरेश पन्थीले गरेका हुन् भने श्रृंगार अरुण रोय, निर्देशन प्रकाश बस्नेत र ड्रोन अपरेटर लक्षमणडीसी रहेका छन्।
गीतले किमिचौर दहको धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र प्रेमभावलाई सशक्त रूपमा उजागर गरेको छ।