सीता बि.क
प्युठान,सरुमारानीको झिलिबाङ्गमा महिलाहरुलाई चप्पल बनाउने सम्बन्धि पुर्नताजगी सीप विकास तालिम दिइएको छ।गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)अन्तर्गत सरुमारानी गाउँपालिका वडा नम्बर -१ झिलिबाङ्गमा १० दिने चप्पल बनाउने सीप विकास तालिम दिइएको हो।
सरुमारानी गाउँपालिकाको आयोजनामा भएको तालिमको बुधबार एक कार्यक्रमका विच समापन गरिएको छ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरुमारानी गापालिका वडा नम्बर १ का वडा अध्यक्ष नर बहादुर घर्तिले उद्यम सिकेर व्यवसाय सञ्चालन गर्न सके आत्मनिर्भर संगै आर्थिक समृद्धि हुने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपको उच्चतम प्रयोग गरी व्यसायिक बन्न आग्रह गर्नुका साथै उहाँले तालिम पश्चात ज्ञान सीपको सदुपयोग गर्दै व्यक्तिगत वा सहकार्यको माध्यमबाट चप्पल उत्पादनको उद्यम शुरु गर्न आग्रह गर्नुभयो।
यस्तै सरुमारानी गाउँपालिका वडा १ का वडा सदस्य शारदा राना पल्लीले धेरै तालिम सञ्चालन गरे पनि व्यवहारमा कमैले उतार्ने गरेको बताउँदै व्यवसायिक रुपमा चप्पल उत्पादन गरेर व्यावसायिक बन्न आग्रह गर्नुभयो।
वडा सदस्य मिना बि.क ले सीप सिक्नुमात्र ठूलो कुरा नभई व्यबहारमा उतार्नु ठूलो कुरा भएको बताउनुभयो।
तालिम समापन कार्यक्रममा बोल्दै प्रशिक्षार्थी अनिता रावतले गाउँपालिकाले सीप दिएपछि आफुमा केही गर्नुपर्छ भन्ने जोश र आत्मबल बढेको बताउनुभयो।
महिला सशक्तीकरण र आर्थिक क्षेत्रमा उहाँहरूलाई अब्बल बनाउन गाउँपालिकाले नयाँ उद्यमि सृजना,व्यवसायमा सहयोग गर्दै उत्पादन बढाउन उत्प्रेरित गर्ने र उद्यमीलाई थप सीप विकास गर्न गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत पुर्नताजगी तालिम दिने तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उद्यम बिकास सहजकर्ता सीता बि.क बताउनुहुन्छ।
झिलिबाङ्ग सामुदायिक बनको भवनमा १० दिन सम्म चलेको तालिमको सहजीकरण सम्झना परियारले गर्नुभएको थियो।
सरुमारानी गाउँपालिका वडा नम्बर १ का वडा सदस्य शारदा राना पल्लीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम सरुमारानी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नर बहादुर बहादुर घर्तीको प्रमुख आतिथ्यतामा सम्मपन्न कार्यक्रमको सन्चाल्न उद्यम बिकास सहजकर्ता सीता बि.क ले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्