सीता बि.क
प्युठान,शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघ प्युठान शाखाले शनिबार बिहान बिरोध शभा गरेको छ ।
महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी रजकको हत्याको विरोध गर्दै बिरोध शमामा उत्रिएको हो ।
मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको आक्रमणको बिरोध गरेका हुन ।
राजाबादीको नाममा अराजक समुहले ब्यत्तिगत घरहरुमा आक्रमण गर्ने, लुटपाट मच्चाउनेदेखि पत्रकारलाई जिउदै जलाउने कार्य निन्दनीय रहेको भन्दै उनीहरुले दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेको छ।
चैत्र १६ लाई नेपाल पत्रकार महासंघको स्थापना दिवस हर्ष उल्लासका साथ मनाउनु पर्नेमा दु:खदपुर्ण घटनाले सबैलाई शोक पारेको पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बताए।
पत्रकार र मिडिया माथि राजतन्त्रको समयम पनि हेर्ने दृष्टिकोण सहि थिएन, अहिले पनि निसानामा पर्नु लोकतन्त्रको न्युनतम मुल्यमान्यताका बिरुद्धको आक्रमण रहेको महासंघका निवर्तमानअध्यक्ष संजय रिजालले बताए ।
बिरोध सभामा प्रेस चौतारीका उपाध्यक्ष राम बहादुर बिश्वकर्मा, प्रेस युनियनका अध्यक्ष मधुसुदन भण्डारी, प्रगतिशील पत्रकार संघका अध्यक्ष प्रज्ज्वल पहाडीले शोक मन्तब्य राखेका थिए। भने कार्यक्रमको संचालन शाखाका सचिब बासुदेव गिरीले गरेका थिए।
यसअघि, स्थापना दिवसलाई प्रभातफेरी तथा स्वास्थ्य परिक्षण कार्यक्रम गरि मनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्