राम बहादुर बिश्वकर्मा
प्युठान,माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी 'रोसन'ले स्वरोजगार र आत्मनिर्भर बन्न सीप प्रहिलो प्राथमिकता हुनुपर्ने बताउनुभएको छ।माण्डवी गाउँपालिकाको आयोजनामा शुक्रबार वडा नम्बर -२ मा सुरु भएको सस्कृती संरक्षण र स्वरोजगारको लागि पन्चेबाजा बजाउने ३० दिने सिपमुलक तालिमको उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले उपलब्ध साधान स्रोतको भरपूर प्रयोग गर्नसके आर्थिक उपार्जनका साथै सवै नेपाली आत्मनिर्भर बन्नसक्ने बताउनुभयो।
आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप तथा तालिम प्रदान गर्नुका साथै यस्ता सीप तथा तालिमले उनीहरुलाई स्वरोजगार बन्ने बाटो समेत खुल्नेछ ।सीप सिक्नु आफ्नै लागि भएको बताउँदै अध्यक्ष अधिकारीले ३० दोने तालिमले पनि आत्मनिर्भर बन्न सकिने भएकोले सबैले राम्रोसँग सीप सिक्न आवश्यक रहेको बताउनुभयो।
सीप सिक्नको लागि उत्साह हुन जरुरी रहेको उहाँको भनाई छ।
तस्बिर: पन्जेबाजा बजाउने सीप सिक्दै माण्डबि गाउँपालिका वडा नम्बर २ का महिलाहरु
तालिम उदघाटन कार्यक्रमको अध्यक्षता माण्डबि गाउँ पालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश वलिले गर्नु भएको थियो भने स्वागत मन्तव्य वडा सदस्य यम बहादुर पुनले गर्नु भएको थियो । दाम बहादुर कार्किले संचालन गर्नु भएको कार्यक्रममा कार्यपालिका सदस्य रमा पौडेल,वडा सदस्यहरु यम बहादुर पुन,श्रीधर पुन,लक्ष्मि कामी,समाज सेबा तथा बाताबरण र सस्कृति सरक्षण समुहका प्रतिनिधि युबराज गैरे,टाेल समितिका अध्यक्षहरु,महिला स्वयंसेविकाहरु लगायतको उपस्थिति रहेको थियो। समाजसेवा तथा वातावरण र सस्कृती सरक्षण समूह अर्घाखाँचीको प्राविधिक सहयोगमा संचालन हुने तालिममा ३३ जनाको सहभागीता रहेको तालिमको प्रशिक्षक प्रेम परियार र किरण परियार रहनु भएको थियो।
तस्बिर : तालिम उद्गघाटन पश्चात् सामुहिक तस्बिर
प्रतिक्रिया राख्नुहोस्