सरुमारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खड्का,जनप्रतिनिधि द्वारा गरियो स्वागत 

सरुमारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खड्का,जनप्रतिनिधि द्वारा गरियो स्वागत 

सीता बि.क
प्युठान, सरुमारानी गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्कालाई स्वागत गरेको छ ।
केही महिना अगाडी रोल्पाको गगादेवी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवा दिएर सरुमारानी गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत खड्कालाई स्वागत गरिएको हो।प्रशासकीय अधिकृत खड्कालाई पालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा,उपाध्यक्ष बसन्ता खड्का,वडा नम्बर ४ का वडा अध्यक्ष चिन्त सोमै लगायत जनप्रतिनिधिहरुले खादा लगाइदिएर स्वागत गर्नुभयो।
स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले जनप्रतिनिधि नीतिगत निर्णय गर्ने र कर्मचारीले त्यसको कार्यान्व्यन गर्ने हातखुट्टा जस्तै भएकोले दुवैको तालमेलमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो।उहाँले जनप्रतिनिधि र कर्मचारीको तालमेलमा गरिएका सफल कामले सरकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने र कर्मचारीले आचरण व्यवहारलाई ऐन कानुन अनुसार परिवर्तन गर्न जरुरी रहेको पनि बताउनुभयो। ‘जनप्रतिनिधि राजनीतिबाट र कर्मचारी राष्ट्रसेवकको रुपमा फरक बाटोबाट प्रवेश गरेपनि जनताको हितमा काम गर्ने एउटै लक्ष्यका साथ एउटै डुगांगामा सवार छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ,यसमा सबैलाई सफलता मिलोस् ।’सबैले तहगत जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिँदै प्रक्रियागत ढंगले आएका कामहरू कुनै पनि बहानामा नरोक्न उहाँको सुझाव छ।प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले जनताको हितमा आफ्नो लक्ष्य पूरा गर्न सक्रियताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।‘यहाँको जनताको आवस्यकता र माग अनुसार सफल कार्यक्रममा अधिकतम प्रयास गर्ने मेरो एकमात्र लक्ष्य हो’,उहाँले भन्नुभयो,‘जनता र जनप्रतिनिधिको भावनालाई अधिकतम समेटी काम कार्वहीलाई सही दिशामा लैजाने प्रतिवद्धता व्यक्त गर्दछु।’पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माको अध्यक्षताबाट सुरु भएको कार्यक्रमको सन्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण आचार्यले सन्चालन गर्नुभएको थियो।