प्युठानका डिएसपी बस्यालको सफलता : २४ घण्टा नबित्दै पक्राउ गरियो दम्पती हत्याका मुख्य अभियुक्त

प्युठानका डिएसपी बस्यालको सफलता : २४ घण्टा नबित्दै पक्राउ गरियो दम्पती हत्याका मुख्य अभियुक्त

राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल प्रहरीका अत्यन्तै अब्बल सक्षम र अपराध अनुसन्धानमा उत्कृष्ट काबिल डिएसपी दिपेश बस्यालले जिल्ला प्रहरी कार्यालय प्युठानकाे जिम्मेवारी सम्हालेसँगै विभिन्न अपराधमा संलग्न रहेका आरोपीहरू छिट्टो र धमाधम पक्राउ पर्न थालेका छन्।
शनिबार आफ्नै घरमा मृत अवस्थामा भेटिएका माण्डवी गाउँपालिका २ रातापानीका ६० वर्षीय राम बहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकुमा परियारको हत्या भएको अभियुक्तलाई डिएसपी बस्यालको नेतृत्वमा खटिएको टिमले २४ घण्टा भित्रमै हत्या गर्नेको पुष्टि गरेको छ।अनुसन्धानबाट दम्पतीको घट्ना आफ्नै भतिज ३४ वर्षीय पंकज परियारले गरेको पुष्टि भएको हो।
जिल्ला प्रहरी कार्यालय प्यूठानमा आयोजित पत्रकार सम्मेलन मार्फत घटनाबारे जानकारी गराइएको छ।
डिएसपी बस्यालका अनुसार एकसाता अघि मृतक काका राम बहादुर परियारले भतिज पंकजलाई ‘विवाह गरेनस् थारो बस्ने भइस्’ भनेर गालीगलौज गरेकाले त्यसै दिनदेखि पंकजले हत्या गर्ने योजना बनाएको बुझिन्छ।
पंकजलाई श्रीमतीले छोडेको भन्दै अबदेखि श्रीमती तैंले पाउन्नस भन्दै थारो भनेकाले त्यही रिसीबीले हत्या गरेको उनले स्वीकारेका छन् ।
उनकै घरमा रहेको घन निकाली राती सुतेको समयमा पहिला काकालाई तीनपटक घनले टाउकोमा हानेको र त्यसपछि काकीलाई पनि तीनपटक नै घनले हानेको प्रहरीले जानकारी गराएको छ ।जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिने प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) बस्यालले बताए।टाउको तथा शरीरका विभिन्न भागमा देखिएको चोटहरुलाई अध्ययन तथा विश्लेषण गर्दा हत्या गरिएको प्यूठान प्रहरीको निष्कर्ष रहेको डिएसपी बस्यालको भनाई छ। परियार दम्पतीलाई घातक हतियार प्रयोग गरी विभत्स तवरले हत्या गरिएको अवस्थामा फेला पारिएको थियो ।
डिएसपी बस्यालकै कमाण्डमा घटनास्थललाई शिलबन्दी गरी म्यानुल तथा प्राविधिक तवरले अनुसन्धान अघि बढाइरहेको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक केशव केसीले जानकारी गराए । अन्य शंकास्पदहरु माथि सोधपुछ, सबूत प्रमाणको खोजि, तालिम प्राप्त कुकुर परिचालन गरी अनुसन्धान थालिएको छ ।