राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल पत्रकार महासंघ प्युठान शाखाले बुधबार २१औं स्थापना दिवस मनाएको छ।
बिगत २०५८ साल असोज २० गते स्थापना भएको शाखाले बिगतका बर्ष जस्तै यस बर्ष पनि विविध कार्यक्रम गरि स्थापना दिबश मनाएको हो।
स्थापना दिवसको अवसर पारेर स्वर्गिय सस्थापक सभापति सुर्य बि क का भाई अर्जुन बि क ले खडा गरेको अक्षकोष मार्फत बि क को स्मृतिमा पुर्ब अध्यक्ष सुशील पोख्रेललाई नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
सोही अबसरमा पुर्ब महिला उपाध्यक्ष स्वर्गीय बसन्ता भट्टको स्मृति अन्तर्गत महिला शसक्तिकरणमा कलम चलाउने महिला सन्चारकर्मी नर्मता भट्ट लाई २५ सय रुपैयाँ सहित सम्मान गरिएको छ।
पत्रकार महासंघका अध्यक्ष सन्जय रिजालको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष बिजय सिह भारती,प्रेस युनियनका सचिब सम्सेर बिक्रम जि सि,प्रेस मंच प्युठानका अध्यक्ष राम बहादुर बिश्वकर्मा,जनपत्रकार संघका अध्यक्ष राजेन्द्र रावत क्षेत्रि, प्रगतिशील पत्रकार सघका अध्यक्ष प्रज्वल पहाडी , प्रेस संगठनका सचिव रमेश गिरी,पुर्ब अध्यक्ष इमानसिह भारती,पुर्ब अध्यक्ष सुशील पोख्रेल,गिरु भण्डारी,सस्थापक मेघराज भट्ट,साइन रेसुङ्गा बैंकका प्रबन्धक मेघराज पोख्रेल सस्थापक खुम बहादुर थापा, होटल ब्यबसायी संघका अध्यक्ष गन्ज बहादुर थापा, उद्योग बाणिज्य संघका झबिन्द्र शर्मा,नेपाल रेडक्रस सोसाइटीका सभापति गुमानराज पुलामी, प्याप्सनका केन्द्रिय सदस्य जगन्नाथ पोख्रेल,गैरसरकारी सस्था महा संघका अध्यक्ष नेत्रमणी आचार्य लगायतले महासंघको स्थापना दिबसको अबसरमा शुभकाना ब्यक्त गर्नुभएको थियो ।
पत्रकारहरुको भुमिका महत्वपुर्ण छः नगर प्रमुख अर्जुनकुमार कक्षपति
तस्बिर:शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि प्युठान नगरपालिका नगर प्रमुख अर्जुनकुमार कक्षपति
कायक्रममा बोल्दै प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले पत्रकारहरुले जुन खालको भुमिका खेलेका छन यस्को महत्व धेरै रहेको बताउनु भएको छ।संबिधानको मर्म र भाबनामा अहिले जनप्रतिनीधि र नागरीकहरुलाई जवाफदेही बनाउनमा पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।
संविधानले नै स्पष्ट गरेका प्रावधानमा समेत संघीय र प्रदेश सरकारको हस्तक्षेप हुने गरेको सिमित बजेट,जनप्रतिनिधि आइसक्दा पनि कर्मचारीले हामी नै ठूला भन्ने भावना राख्नुले जनभावना अनुसार कार्य गर्न सकिएन,नगर भन्नुहुन्छ ‘व्यवस्था फेरिँदा पनि कर्मचारीको सोचमा परिवर्तन नआउनु दु:खद हो।’हरेक पक्षमा कर्मचारी नै हावी हुन खोज्ने,आफूले चाहे जस्तो नहुँदा कागजपत्रमा हस्ताक्षर नगर्ने जस्ता गतिविधि गरि आफूहरूलाई नटेरेको उहाँको भनाई छ ।
बिगत देखि नै सन्चारमैत्रिको रुपमा रहनुभएका नगर प्रमुख समेत रहनु भएका कक्षपतिले कुनै क्षेत्रमा मात्र सिमित नभई बिकट ठाउँमा पुगेर पनि खोज अनुसन्धान बाट अघि बढन जरुरी छ,पत्रकार परम्परा बाट अझै माथि उठन नसकेकाले अबका दिनमा नागरीकहरु सँग प्रत्यक्ष जोडिएर दबिएका आवाज बाहीर ल्याउनमा पत्रकारहरुको भुमिका रहने बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जनताका दबिएका आवाजहरुलाई बाहीर ल्याउनको निम्ती पत्रकारहरु अग्रसर हुनुपर्ने बताउनु भयो।पत्रकारको योगदानले नै नागरीहरुको क्षेमता अभिबृद्धि हुने भएकाले आफ्नो भुमिका नबिर्सन आग्रह गर्नुभयो। सत्य र निष्पक्ष तरिकाले पत्रकारले समाचार सम्प्रेशन गर्नुपर्ने भन्दै उहाँले आवाज नहुनेको आवाज बन्नुपर्ने बताउनु भयो। उहाँले भन्नु भयो “पत्रकार सबैको साझा बन्नुहोस्, पक्ष विपक्षमा नरहेर आफ्नो कर्तव्यको पनि पालना गर्नुहोस्।”
नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले नेपालमा लोकतन्त्र,नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको संघर्षको यात्राले २० औं वर्षको इतिहास पूरा गरेको बताउनुभयो।
साथै अध्यक्ष रिजालले अग्रज पुस्ताले देखाएको बाटोमा रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता व्यक्त समेत व्यक्त गर्नुभययो।
स्थापना दिबश कार्यक्रममको सन्चालन सचिब प्रकाश बैद्दले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्