प्यूठान,नौबहिनी गाउँपालिका-८ फोप्लीमा नसर्ने रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न भएको छ।शुक्रबार फोप्ली स्वास्थ्य चौकीमा र शनिबार लुप्लुङमा स्कृनिङ शिविर संचालन गरिएको हो ।
४० बर्ष पुगेका नागरिकहरुको निःशुल्क सुगर, प्रेसर र मृगौलाको चेकजाँच तथा परामर्श गरिएको थियो । स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा फोप्ली स्वास्थ्य चौकीको आयोजनामा शिबिर गरिएको स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेले बताउनुभयो ।
शनिबार लुप्लुङमा स्वयमसेवकको रुपमा सरसफाई तथा सचेतना अभियान समेत गरिएको थियो। जनप्रतिनिधि हुमलाल भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका सदस्य तारा बि क को प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य निरीक्षक राजु खड्का, स्थानिय समाजसेवी जयनन्द भन्डारीले आफ्नो भनाई राख्नुभएको थियो ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्