राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ५ का महिलाहरु आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन्।आत्मनिर्भर बन्नलाई उद्यमी हुनुपर्ने र उद्यमी बन्नका लागि सीप चाहिने भएपछि पछिल्लो समय यहाँका महिला धमाधम सीप सिक्न थालेका हुन्।
गरीब,विपन्न र सीमान्तकृत समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले सञ्चालन गरिरहेको गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम(मेड्पा)अन्तर्गत विभिन्न सीपमा आधारित तालिमहरु सञ्चालन गरी आत्मनिर्भर बन्न चाहने सर्वसाधारणलाई तालिम प्रदान गरिरहेको छ।निःशुल्क रुपमा पाइने उक्त तालिमले सीप तथा क्षमता अभिवृद्धि हुने र यसबाट उद्यमी बन्न र आत्मनिर्भर हुनलाई सघाउ पुग्ने बुझेपछि अधिकांश महिला सीप सिक्न आकर्षित बन्दै गएका छन्।
उद्यमशिलता बिकास तालिम पश्चात् सीप विकाससम्बन्धी तालिममा सहभागी भई सीप सिक्नतर्फ महिला आकर्षित देखिएपछि नगरपालिकाले महिलालाई उद्यमशील बनाउन सीप प्रदान गर्न थालेका छ।प्राय,घरायसी काममा मात्र व्यस्त रहने महिलालाई उद्यमी बनाउने उद्देश्यले चालू आर्थिक बर्ष प्युठान नगरपालिका वडा नम्बर–५ जुम्री काडाका महिलालाई सीपमुलक तालिम प्रदान गरिँदै आएको छ ।
प्रत्येक बर्ष नगरपालिका मार्फत सीप सिकेका कतिपय महिलाले सिप सिकेर व्यापार व्यवसाय पनि सुरु गरिसकेका छन् । त केही ब्यक्तिहरु सीप सिक्न तम्सिरहेका छ्न।
तस्बिर : बुटिक भर्दै प्युठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाडाका महिलाहरु
जहाँ एउटा सानो कोठामा १० जना महिलाहरु आफैमा ब्यस्त देखिन्थे । भित्ता पट्टि हेर्दा थरथिरीका बुट्टा भरिएका कपडाहरु राखिएको थियो । सिद्ध माबि जुम्रीकाडा बिध्यालयको एक कोठा भित्र छिर्दा त्यस्तै देखिन्थ्यो।सादा कपडामा सितारा,पोते लगाउन सिकिरहेका छन्।१० महिलासँगै एकै ठाउँमा बसेर महिलाले फुर्सदको समयलाई बुटिक (कपडामा बुट्टा भर्ने) काममा लागेका छन् ।घरायसी काममा नै दिन बिताउँदै आएका यहाँका महिला अहिले बुटिकसँग भविष्य बुन्दै छन। घरको कामपछि बचेको समयमा नयाँ–नयाँ डिजाइन निकालेर कुर्था,ब्लाउज,घलेक पछ्यौरा लगायत कपडामा बुट्टा भर्ने गर्छन। यहि सङ्गै महिलाहरुले विभिन्न आकृतिका बुट्टा भर्न सिकेका छन्।घरमै बसेर गर्न सकिने यो व्यवसाय सहज र आम्दानी पनि राम्रो हुने भएकाले महिलाको आकर्षण पनि बढेको छ ।
केही समय अघिसम्म सहर बजारका युवतीमाझ लोकप्रिय रहेको कपडामा बुट्टा भर्ने बुुटिक तालिम आजकाल ग्रामीण क्षेत्र देखि बजारमा प्रचलित शब्द बन्न पुगेको छ “बुटिक” व्यवसाय अर्थात ग्राहकको इच्छा अनुसार मौसमी लत्ताकपडा र सामानहरूको निर्माण तथा बिक्री।विशेष गरी महिलावर्गमा अत्यन्तै लोकप्रिय छ उक्त तालिम मौसमी मात्र नभएर आफुले भनेजस्ता आकर्षणसहित उपलब्ध गराउने यस्ता पसलहरूमा व्यापार उदाउँदो छ । पुस्तासँगै परिवर्तन हुने इच्छा आकांक्षामा अधिकांशको रोजाइमा यो तालीमले नशालु बनाइदिएको छ। ‘व्यक्तित्वको लागि पहिरन’ भन्ने कुरालाई यस व्यवसायले हरतरहले प्रमाणित गरिदिएको छ।
फेसनको आधुनिक दुनियामा रमाउन चाहने पछिल्लो युवापुस्तामाझ महिलाले बनाएका बुटिक डिजाइन लोकप्रिय बन्दै गएपछि महिलाहरु बुटिक व्यवसाय सञ्चालन गरेर राम्रो भविष्य खोजिरहेका छन्।
तालीम पस्चात सीपको प्रयोग गरी गुणस्तरीय सामग्री उत्पादन गर्ने र व्यावसायिक रुपमा लाग्ने सहभागी २२ बर्षिय हिमा घर्ति बताउँछिन् । सीप सिकेपछि एकदिन न एकदिन त काम लाग्छ नि,’ उनले भनिन्,‘त्यही भएर घरमै बसेर पनि कमाउन सकिन्छ भनेर लागिपरेको हुँ।’फुर्सदमा गफ गरेरै बित्ने आफ्ना दिनहरु अब काम गरेर बित्नेछन्।’ अर्कि तालिममा सहभागी ३३ बर्षिय इश्वरी घर्तिले स्वरोजगार बन्न सिप सिक्न आएको बताईन् । उनले भनिन्–‘ सानो उमेरमै बिबाह गरियो पढ्न सकिएन सीप सिकेर केही हुन्छ कि भन्ने लागेको छ सिप नसिकेर अहिलेसम्म अरुकै भरमा बाचियो अब म पनि आत्म निर्भर बन्ने छु ।’ उनि बुटिक तालिमपछि व्यावसायिक बन्ने सोंचमा छिन्।बजारमा अहिले बुटिकमा तयार गरिएको कपडाको माग बढिरहेकाले यसको भविष्य राम्रो भएको बताउँछिन्।‘यस्ता सीपमूलक तालिमले आत्मनिर्भर बन्न हौसला मिलेको छ,’घर्तिले भनिन्,तालिम अबधि कम भएकोले आफुहरुलाई पुन थप तालिमको ब्यबस्था हुनुपर्दछ ।’
आयोजक प्युठान नगरपालिकाकि उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले स्थानीय स्रोत,बजारको माग र स्थानीयको चाहना अनुरुप तालिम प्रदान गरेको बताइन। ‘कपडामा बुट्टा भरेर महँगोमा बिक्री गर्दा महिलाको सीप पनि बढ्ने आम्दानी पनि बढ्ने हुन्छ,’ बिश्वकर्माले भनिन, ‘सुन्दर भविष्य र नियमित आम्दानी हात पार्नका लागि महिलाका लागि यस्ता तालिम बरदान बन्दै गएको छन।’ सीमित स्रोत साधनले पनि बुटिक डिजाइन तालिमले बजारको माग पूरा गर्दै रोजगारीको अवसर सिर्जना गर्नेे उनको भनाइ छ।यस्ता सीपबाट स्थानीय गाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने भएकाले यस्ता तालिम उपलब्ध गराइएको उनको भनाइ छ।बुटिक व्यवसाय महिलामा लोकप्रिय बन्दै गएको छ । आर्थिक अवसर,खुला परिवेश,अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने भावनाले महिलाहरु परम्परागत चुलोचौकोबाट बाहिर निस्किएर उद्योग व्यवसायमा जोडिनुपर्ने उनी बताउछिन्।
उनका अनुसार मेड्पा कार्यक्रम अन्तर्गत विगतका वर्षमा सञ्चालन गरिएका तालिमबाट पनि सीप सिकेर अहिले अधिकांश महिलाले स-सानो व्यवसाय तथा उद्यम गरेर स्वरोजगार बनेका कयौं उदाहरण छ्न।
त्यस्तै तालीम प्रशिक्षक मुना रानाले धेरै उत्साहका साथ प्रशिक्षार्थी तालिममा सहभागीता जनाएको बताइन।
काम सजिलो कुनै पनि नहुने बताउँदै मिहिनेत गरेमा सफलता मिल्ने हुनाले मिहिनेतकै काम रोजेको बताइन्।‘झन्झट नमानी मिहिनेतका साथ यस्तो सीप सिक्ने हो भने धेरै महिला आत्मनिर्भर बन्न सक्छन्’,रानाले सुझाइन्।
उनले गत बर्ष प्युठान नगरपालिकाको आयोजनामा मेड्पा कार्यक्रम अन्तर्गत तालिम आर्जन गरि अहिले आफुलाई प्रशिक्षण दिन भ्याई नभ्याई भएको अनुभव समेत सुनाईन।

फेसनको आधुनिक दुनियामा रमाउन चाहने पछिल्लो युवापुस्तामाझ महिलाले बनाएका बुटिक डिजाइन लोकप्रिय बन्दै गएपछि महिलाहरु बुटिक व्यवसाय सञ्चालन गरेर राम्रो भविष्य खोजिरहेका छन्।
तालीम पस्चात सीपको प्रयोग गरी गुणस्तरीय सामग्री उत्पादन गर्ने र व्यावसायिक रुपमा लाग्ने सहभागी २२ बर्षिय हिमा घर्ति बताउँछिन् । सीप सिकेपछि एकदिन न एकदिन त काम लाग्छ नि,’ उनले भनिन्,‘त्यही भएर घरमै बसेर पनि कमाउन सकिन्छ भनेर लागिपरेको हुँ।’फुर्सदमा गफ गरेरै बित्ने आफ्ना दिनहरु अब काम गरेर बित्नेछन्।’ अर्कि तालिममा सहभागी ३३ बर्षिय इश्वरी घर्तिले स्वरोजगार बन्न सिप सिक्न आएको बताईन् । उनले भनिन्–‘ सानो उमेरमै बिबाह गरियो पढ्न सकिएन सीप सिकेर केही हुन्छ कि भन्ने लागेको छ सिप नसिकेर अहिलेसम्म अरुकै भरमा बाचियो अब म पनि आत्म निर्भर बन्ने छु ।’ उनि बुटिक तालिमपछि व्यावसायिक बन्ने सोंचमा छिन्।बजारमा अहिले बुटिकमा तयार गरिएको कपडाको माग बढिरहेकाले यसको भविष्य राम्रो भएको बताउँछिन्।‘यस्ता सीपमूलक तालिमले आत्मनिर्भर बन्न हौसला मिलेको छ,’घर्तिले भनिन्,तालिम अबधि कम भएकोले आफुहरुलाई पुन थप तालिमको ब्यबस्था हुनुपर्दछ ।’
प्रतिक्रिया राख्नुहोस्